८ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा टिप्परको पछाडिबाट ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा टिप्परको पछाडिबाट ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही,८ माघ । सर्लाहीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नं.५ घुर्कौली बस्ने अन्दाजी ३५ वर्षिय सुनिल बम्जन रहेका छन ।

शुक्रवार बेलुका बाग्मती नगरपालिका वडा नं. ११ स्थित बाग्मती पुलको बिच भागमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको बा.८४ प. ५९०८ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आउँदै गरेको ना.७ ख.८३०० नं. को टिप्परको पछाडिबाट ठक्कर खाँदा मोटरसाइकल चालक बम्जन गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते बम्जनलाई उपचारको लागि चन्द्रपुर अपताल चन्द्रपुर रौतहट पठाइएको थियो । बम्जनको शुक्रवार बेलुका साढे ८ बजे अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । टिप्पर र टिप्पर चालक भने अहिले प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.