लोक गयक रविराज साहको दुई नयाँ छठ गीतहरु सार्वजनिक

सर्लाही,८ कार्तिक । लोक गायक रविराज साहको नयाँ छठ गीत सार्वजनिक भएको छ। ‘उठाव धनी दाउरा’ र ‘पेन्ही के पियरीया’ शीर्षकका दुई नयाँ गीतहरुले यतिबेला चर्चा पाएका छन्।
‘उठाव धनी दाउरा’ गीतमा गायक रविराज साहसँगै गायिका प्रियंका सिंहको स्वर रहेको छ। यस गीतको भिडियोमा अनिता यादव र सानवी भगतको आकर्षक अभिनय देख्न सकिन्छ।
त्यसैगरी ‘उठाव धनी दाउरा’ र ‘पेन्ही के पियरीया’ गीतमा उमालाल यादवले शब्द रचना गरेका छन् भने संगीत संयोजन रोशन सिंहले गरेका छन्। भिडियो निर्देशन राजिव सम्मर र सम्पादन तारा थापा (किम्भे) ले गरेका छन्।

छठ पर्वको अवसर पारेर सार्वजनिक गरिएका यी गीतहरुले मधेशमा मात्र होइन, सम्पूर्ण देशभरका दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
यी गीतहरू मध्ये “उठाव धनी दौरा” गीतमा भारतीय भोजपुरी संगीतकी लोकप्रिय गायिका प्रियंका सिंहले रविराज शाहसँग सहगायन गरेकी छन्,भने “पेंही के पियरीया” गीतलाई रविराज शाहले एकल स्वरमा प्रस्तुत गरेका छन्।
दुवै गीतका शब्द माउमालाल यादवले लेखेका हुन्।
गीतमा चर्चित TikTok स्टार सान्वी भगत, The Misses National अनिता यादव, र कलाकार सञ्जित साहको आकर्षक अभिनय देख्न सकिन्छ।
यी दुवै गीत Ravi Raj Shah Official YouTube Channel मार्फत सार्वजनिक गरिएका हुन्।
छठ पर्वको भक्ति, परम्परा र सांस्कृतिक गौरवलाई उजागर गर्ने यी गीतहरूले मिथिला–मधेशमा सकारात्मक चर्चा पाएका छन्।
रविराज साहको पछिल्लो गित कौना घाटे औना जाना प्रत्येक वर्ष चर्चा पाउने गरेको छ । अधिकांश मधेशका छठ घाटहरुमा उक्त गीत गुजिरहेको पाइन्छ । लोक गायक साह सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. ४ पोखरीया निवासी हुनुहुन्छ ।



