१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
न्यायिक राज्य निर्माणमा भूमिका निर्वाह गर्न प्रहरी महानिरीक्षक क्षेत्रीले दिए प्रहरीलाई निर्देशन – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

न्यायिक राज्य निर्माणमा भूमिका निर्वाह गर्न प्रहरी महानिरीक्षक क्षेत्रीले दिए प्रहरीलाई निर्देशन

सर्लाही,२२ कार्तिक । न्यायिक राज्य निर्माणमा अहम भूमिका निर्वाह गर्न प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जिल्ला भरीका प्रहरीहरुलाई निर्देशन दिनु भएको छ ।

सर्लाहीको मलंगवा नगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ महानिरीक्षक (आईजीपी) क्षेत्रीले सर्लाहीको शान्ति सुरक्षा कायम राख्न, निष्पक्ष र सेवामुखि भावनाका साथ आफ्नो आचरण र व्यबहारमा सुधार गर्दै कानूनको प्रभावकारी कार्यन्वयन, भ्रष्टचार, तस्करी बिरुद्द शुन्य सहनशीलतालाई आत्मसाथ गर्दै सेवाग्राहीको पिरमर्का समयमै सम्बोधन गर्न महानिरीक्षक क्षेत्रिले जिल्लाभरीका प्रहरी युनिटहरुलाई निर्देशन दिनुभयो ।

महानिरीक्षक क्षेत्रीले जिल्लामा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उच्च मनोबल एवं कुशलतापुर्वक जिम्मेवारी निर्वाह गर्दै उच्च व्यवसायिकताका साथ न्यायिक राज्य निर्माणमा अहम भूमिका निर्वाह गरी प्रहरी संगठनको साख उँचो बनाउन निरन्तर लागिरहन निर्देशन दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.