१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
१६ वर्षिया बालिका अञ्जली बनिन् पर्सा गाउँपालिका अध्यक्ष – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

१६ वर्षिया बालिका अञ्जली बनिन् पर्सा गाउँपालिका अध्यक्ष

प्रेमनाथ पौडेल
सर्लाही,१४ मंसिर । सर्लाहीमा एक १६ वर्षिय बालिका गाउँपालिकाको अध्यक्ष बनेकी छन ।कक्षा १० मा अध्यनरत अञ्जली कुमारी साह सर्लाहीको पर्सा गाउँपालिकाको एक दिने गाउँपालिका अध्यक्ष बनेकी छन । बाल अधिकारको प्रवद्र्धन र बालबालिकाको नेतृत्व क्षमता विकासका लागि पर्सा गाउँपालिकाका अध्यक्ष किसुनदेव रायले एक दिनको लागि पर्सा गाउँपालिकाको अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेको हो ।

वडा नं. ६ निवसी बाल क्लवको अध्यक्ष समेत रहनु भएको अञ्जलीले बालिका शिक्षालाई जोड दिनु पर्ने र गाउँपालिका भित्रै प्राविधिक शिक्षालयको स्थापना गर्नु पर्ने आवश्यकता औंल्याईन । “गाउँपालिका भित्र बालबालिकाहरुले धेरै प्रकारका समस्याहरु भोगिरहेका छन्, बालविवाहको अवस्था पनि डरलाग्दो छ ।” नवनियुक्त अध्यक्ष साहले भने “बाल अधिकार प्रवद्र्धन र बाल संरक्षणका लागि सबै पक्ष मिलेर क्रियाशील हुनु पर्छ ।”

मंगलवार पर्सा गाउँपालिकाको आयोजना तथा बागमती सेवा समाज नेपाल र वल्ड भिजको सहजीकरण मा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको अवसरमा पर्सा गाउँपालिकाको नव नियुक्त अध्यक्ष अञ्जली नेपाल राष्ट्रिय मा.वि.मा गई विद्यालयमा भएको बर्तमान समस्याको बारेमा विद्यार्थीहरु सँग छलफल गरेर विद्यालय प्रमुखहरुलाई शिक्षा क्षेत्रमा भएको समस्याको निराकरण गर्न आदेश दिएकी छन ।

त्यस्तै पर्सा गाउँपालिकामा रहेको पर्सा स्वास्थ्य चौकीका प्रमुख राजकिशोर राउतलाई स्वास्थ्य चौकीमा रहेको फोहरले बिरामीहरुलाई कसरी थप बिरामी पार्ने बारेमा सम्झाई बुझाई गरेर समस्या समाधानको लागि ठाडो निर्देशन दिएकी छन । यसैगरी बर्थिङ्ग सेन्टरमा एक दिने गाउँपालिका अध्यक्ष साहले अनुगमण गरेकी छन । अनुगमणको क्रममा देखिएको त्रृटीहरु पाको अध्यक्ष जस्तै केलाई सुधार गर्न निर्देशन दिएकी छन ।

यसैगरी नेतृत्व हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष किसुनदेव रायले शिक्षा र स्वास्थ्यमा गाउँपालिकाले लगानी गरिरहेको बताउनुभयो । “बालमैत्री गाउँपालिका बनाउनका लागि भौतिक संरचना निर्माण गर्दा बालमैत्री बनाउने मात्र नभई बाल संरक्षणका लागि नीति, नियमावली निर्माण गरेर लागू गर्ने काम गाउँपालिकाले गरिरहेको छ ।” अध्यक्ष रायले भन्नुभयो ।

सोही अवसरमा नेपाल राष्ट्रिय मा.वि. र पर्सा स्वास्थ्य चौकीमा अनुगमन भ्रमण समेत गरिएको थियो । यसैगरी कार्यपालिकाको बैठक बसी बालविवाह न्युनीकरणका लागि सूचनाहरु प्रचार प्रसार गर्ने, सम्पूर्ण वडाहरुमा बाल क्लव र बाल संजाल गठन गर्नका लागि गाउँपालिकाबाट ५० हजार बजेट बिनियोजन गर्ने र गाउँपालिकामा निर्माण हुने भौतिक संचनाहरु बालमैत्री बनाई आगामी ५ वर्षभित्र पर्सा गाउँपालिकालाई बालमैत्री गाउँपालिका बनाउने समेतका ऐतिहासिक निर्णय समेत गरिएको छ ।

सोही कार्यक्रममा बोल्नु हुँदै पर्सा गाउँपालिका वडा नं. ३ का अध्यक्ष भिखारी साहले बालबालिकालाई नेतृत्वमा ल्याउने यस प्रकारको कार्यक्रम यस क्षेत्रमै नौलो अभ्यास भएको बताउनुभयो । “यस प्रकारका क्रियाकलापले सांकेतिक रुपमा मात्र नभई बालबालिकाको प्रतिभा प्रस्फूटन र नेतृत्व क्षमता विकासमा मद्दत गर्छ ।” वडा अध्यक्ष साहले भन्नुभयो ।

कार्यक्रममा पर्सा गाउँपालिकाका उपाध्यक्ष इन्द्रकला देवी साह, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार यादव, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, वल्र्डभिजन इन्टरनेशनल नेपालका प्रमिल अधिकारी, सीता चौधरी, पर्सा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक कुमार भण्डारीले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.