१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
खधान्नकोभिड बाट प्रभावित अतिविपन्न ७५घर परिवार लाई खधान्न वितरण – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

खधान्नकोभिड बाट प्रभावित अतिविपन्न ७५घर परिवार लाई खधान्न वितरण

प्रेमनाथ पौडेल
सर्लाही,१३ मंसिर । सर्लाहीको नवलपुरमा एक संस्थाले कोभिड–१९बाट प्रभावित अति विपन्न ७५घर परिवार लाई खधान्न वितरण गरेको छ । लालबन्दी नगरपालिका वडा नं. १ नवलपुरमा रहेको लुनिश ईन्टरनेशनल स्कुलको प्राङ्गणमा एक कार्यक्रमका बिच खधान्न वितरण गरिएको हो ।

काठमाडाै‌ स्थित रहेको बोधिसत्वनिहार बुढानिलकण्ढ चुची फाउण्डेसनको सहयोगमा नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष एवम पुर्व शान्ती तथा पुनः निर्माण मन्त्री एकनाथ ढकालको प्रमुख आतिथ्यतामा राहत खाध्य सामाग्री वितरण गरिएको स्थानियवासी परिवार दलका केन्द्रिय सदस्य पुरुषोतम कार्कीले बताउनु भयो ।

कोभिडको माहमारीले ज्यादैनै कष्टकर् जीवन बिताईरहेका अति विपन्न ज्याला मजदुरी गर्ने ७५घर परिवार लाई खधान्न वितरण गरिएको केन्द्रिय सदस्य कार्कीले बताउनु भयो ।उहाँका अनुसार प्रतिघर परिवार २५के.जी. चामल १० के.जी.पिठो, १ लिटर खानेतेल, १ के.जी.दाल, १ के.जी.नुन, १ के.जी.चना लगायतको खधान्न वितरण गरिएको हो ।

खाध्य सामाग्री पाए पछि बिपन्न परिवारमा खुसी छएको देखिन्थ्यो ।परिवार दलले यश अघि पनि समय समयमा राहत तथा खाथ्य सामाग्री बितरण गर्दै आएको छ ।कार्यक्रममा लालबन्दी नगर कार्यपालिका तथा वडा नम्बर १की वडा सदस्य गंगा माया खडका लगायत स्थानिय बुद्धिजीवी भद्रभलादमी समाजसेवीहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.