२५ बैशाख २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एक्सनमा चन्द्रनगर गाउँपालिका अध्यक्ष, अनुपस्थित शिक्षकहरुको हाजरीमा रातो कलम लगाउँदै – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारस्थानीय

एक्सनमा चन्द्रनगर गाउँपालिका अध्यक्ष, अनुपस्थित शिक्षकहरुको हाजरीमा रातो कलम लगाउँदै

सर्लाही,२३ भदौ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष एक्सनमा आउनु भएको छ । उहाले चन्द्रनगर गाँउपालिकाको विधालयमा छडके हानेका छन् । वडा नम्बर ५ स्थित श्री अरनिको आधारभुत विधालय, मोहनपुरमा गाउँपालिका अध्यक्ष महतो आफै स्थलगत अनुगमन गरी छडके गर्नुभएको स्थानिय समजसेवी युवा पच्चु माझीले जानकारी दिनुभएको छ । विधालयका केही शिक्षक नियमित रुपमा अनुपस्थित हुने गरेको र विधालयमा कहिलेकाही आउदां अनुपस्थित भएका दिनका पनि हाजिरी गर्ने गरेको गुनासो वडा नम्बर ५ का अभिभावकहरु बाट नियमति रुपमा आउन थालेपछि गाउँपालिका अध्यक्ष महतोले उक्त विधालयमा छडके गरी अनुपस्थित शिक्षकहरुलाई कार्वाहीको प्रक्रिया अघि बढाउनु भएको छ ।

विधालयमा अनुपस्थित रहेर पनि हाजिरी गरेका छडकेको दिन पनि अनुपस्थित रहेका शिक्षकको बारेमा विधालयको प्रधानाध्यापक, अन्य शिक्षकहरु तथा स्थानीय अगुवाहरु सित छलफल गरी र वहांले पनि मौखिक रुपमा रुजु गरे पछि अध्यक्ष महतोले विधालयको कर्मचारी रजिष्टरमा अनुपस्थित दिनमा रातो कलम लगाएका हुन । उक्त दिनहरुको नियमानुसार तलब कटा गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा लेखापाललाई अध्यक्ष महतोले जानकारी गराएका थिए ।

उक्त विधालयमा विधार्थीहरुलाई टिफिन सम्म मात्र अध्यापन गराउने गरेकोले गर्दा विधार्थीहरु टिफिन पश्चात विधालय नआउने गरेको विगत दई वर्ष देखि रहेको विधालयका शिक्षकहरु तथा कार्यालय सहायक र स्थानीय अभिभावकहरुले गाउँपालिका अध्यक्ष समक्ष गुनासो समेत गरे । विधालयको पढाई लेखाई र सिकाईको अवस्था निकै दयनिय अवस्थामा रहेको त्यहांका अभिभावक तथा केही कर्मचारीहरुले स्वंय प्रस्तुत गरे । ती जनगनासोलाई मध्यनजर गर्दै भोली देखि नै पुर्ण समय सम्म विधार्थीलाई अध्यापन गराउन निर्देशन अध्यक्ष महतोले दिए । साथै विधालयका विभिन्न पक्षहरुका सुधार गरी शिक्षाको गुणस्तरमा उल्लेखनीय सुधार गर्न शिक्षक, विधालय व्यवस्थापन समिती, वडा समिती, गाउँपालिका, अभिभावक तथा स्थानीय युवा बुुद्धिजिवीले आ आफनो जिम्मेवारी गम्भिरतापुर्वक निर्वाह गर्न अध्यक्ष महतोले आग्रह गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.