१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा एक जनाको मृत्यु,एक जना घाईते – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मोटरसाइकल दुर्घटनामा परी सर्लाहीमा एक जनाको मृत्यु,एक जना घाईते

सर्लाही,१५ फागुन । सर्लाहीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ अर्का एक जना घाईते भएका छन । मृत्यु हुनेमा कौडेना गाउँपालिका वडा नं. ३ बस्ने अन्दाजी ३५ वर्षिय मनोज चौधरी रहेको छ ।

शनिवार बेलुका साढे ८ बजेको समयमा धनकौल गाउँपालिका वडा नं. २ मधुवनी नयाँरोड सडकखण्डमा बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२–०३–०१९प ३६०५ नम्वरको मोटरसाइकल.आफैँ अनियन्त्रित भई लंगडा पुल मुनि खस्दा मोटरसाइकल चालक चौधरी गम्भिर घाईते भएको थियो ।

गम्भिर घाईते भएको चौधरीलाई भेनस अस्पताल उपचारको क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै सोहि मोटरसाइकल पछाडी सवार कौडेना गाउँपालिका वडा नं. ५ बस्ने भोला मुखियाको छोरा अन्दाजी १८ वर्षिय दिपेश मुखिया घाईते भएको छ ।

मुखियाको भेनस अस्पताल बरहथवामा उपचार भईरहेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका निमित सूचना अधिकृत जटाशंकर यादवले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.