२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
११ औँ वार्षिकोत्सवमा सिभिल बैंकले दिए छात्रालाई छात्रवृती – Nigrani Today
अर्थ वाणिज्यताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

११ औँ वार्षिकोत्सवमा सिभिल बैंकले दिए छात्रालाई छात्रवृती

धनकौल,९ पौष ।अहिले देशैभरी सिभिल बैंकले आफनो ११ औँ वार्षिकोत्सव मनाइरहेको छ। यसै क्रममा सर्लाहीको धनकौल गाउँपालिकामा रहेको सिभिल बैंकले आफनो ११ औँ वार्षिकोत्सवको अवसरमा एक छात्रालाई छात्रवृती दिएको छ ।

शुक्रवार धनकौल वडा नं.३ मा रहेको प्राथमिक विद्यालय कक्षा ६ मा अध्यनरत कोशिका कुमारी साहलाई सिभिल बैंकले रु ५ हजारको छात्रवृती दिएको हो ।छात्रवृती लिएका साहको आर्थिक अवस्था कमजोर तथा विद्यालयमा जेहेन्दार भएको हुदाँ सानो सहयोग स्वरुप उक्त रकम प्रदान गरिएको सिभिल बैंक धनकौल शाखाका प्रबन्धक नविन चौधरीले जानकारी दिए ।

देशैभरी रहेको सिभिल बैंकको ११५ शाखाहरु मध्ये प्रदेश नं. २ का १३ वटा शाखाले रु ५ हजारका दरले जेहेन्दार तथा विपन्न छात्रालाई छात्रवृती दिएको छ भने दुई शाखाले रक्तदान कार्यक्रम गरेको शाखा प्रबन्धक चौधरीले बताए ।

बाँकी अन्य देशैभरीका ब्रान्चले ११ औँ वार्षिकोत्सव मनाउने क्रममा आज र भोलि सम्ममा छात्रवृती तथा रक्तदान कार्यक्रम गर्ने प्रबन्धक चौधरीले निगरानी टुडे सँग कुराकानी गर्दै बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.