९ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
माटोका भाँडाकुँडाको बिक्री राम्रो भएपछि सर्लाही सहित प्रदेश २ का कुम्हार समुदाय उत्साहित – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

माटोका भाँडाकुँडाको बिक्री राम्रो भएपछि सर्लाही सहित प्रदेश २ का कुम्हार समुदाय उत्साहित

सर्लाही,१६ कार्तिक । अघिल्लो वर्ष कोरोना महामारीका कारण बजार राम्रो नभए पनि यस वर्ष बजार केही राम्रो भएपछि माटोको भाँडाकुँडा बनाउने सर्लाही सहित प्रदेश नं. २ का कुम्हार (कुमाल) समुदायका मानिसहरू उत्साहित भएका छन्। सर्लाहीका चन्द्रनगर गाउँपालिका, कविलासी नगरपालिका बरहथवा नगरपालिका लगायत प्रदेश २ का अन्य पालिकाहरुमा माटोका भाडाहरु तथा दिपावलीमा प्रयोग हुने माटोको दियोहरु राम्रो मुल्य पाएपछि खुसी भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ का शम्भु पंडितले गत वर्ष कोरोनाका कारण माटोको भाडाहरुको राम्रो मुल्य पाएन तर यस वर्ष राम्रो मुल्य पाएपछि हर्षित भएका छन ।

यसैगरी बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर बरैनियाका ७२ वर्षीय चनरदेव पण्डित (कुम्हाल)लाई भ्याइनभ्याइ छ। कोरोना कहरले गत वर्ष सुस्त रहेको व्यवसाय चलायमान हुने देखेपछि उनी तिहार लक्षित सामान बनाउन व्यस्त छन्।‘यो सिजन त अलि भ्याइनभ्याइ हुने सिजन नै हो‚’ उनले भने‚ ‘विगतमा सामानको रेट कम हुँदा पनि राम्रै फाइदा हुन्थ्यो तर अहिले केही रेट बढ्दा पनि मुनाफा भने तुलनात्मक रुपमा बढेको छैन।’माटोका भाँडाकुँडा बिक्री गर्दा घर परिवारको खर्च चलाउँदै आएका उनले यस वर्ष करिब एक लाख रुपैयाँ आम्दानी हुने उनले बताए।चनरदेव यस पेशमा ४२ वर्षदेखि छन्।

तर‚ आधुनिकतासँगै भित्रिएका झालरबत्ती र छिमेकी मुलक भारतमा मेशिनबाट बनाइएका दियो आफ्नो समुदायको पेशा गर्नेका लागि दीर्घकालीन समस्या भएको चनरदेवको बुझाइ छ।‘मेशिनबाट बनाएका माटोका आयातित दियो सस्तो र बुट्टादार हुँदा ग्राहकहरू ती दियोतर्फ आकर्षित हुन थालेका छन्‚’ उनले भने‚ ‘यसले चाहिँ स्वदेशी उत्पादनलाई मार परिरहेको छ।’तराईमा धुमधामले साथ मनाइने दीपावली र छठपर्वमा माटोका कलश, ढकन, चौमुख दियो, हात्ती, खपरी, सानो दियो अनिवार्य झै छ।

गत वर्ष कोरोनाका कारण खुलेर पर्व मनाउन नपाएका सर्वसाधारणहरूले यस वर्ष भने ती सामग्रीको जोहो थालेपछि माटोका सामान बनाई बेच्ने व्यवसायी उत्साहित छन्।व्यवसायीहरूले सोमबार समुदायको तर्फबाट वीरगञ्जको घण्टाघर छेउमा कार्यक्रम गरी वीरगन्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीसँग छठ पर्वसम्म बीपी उद्यानको सडक छेउबाट आफूलाई नहटाउन आग्रह पनि गरे। ‘मिल्छ भने हामीलाई नियमित यतै माटोका सामग्रीको पसल गर्न व्यवस्था पनि मिलाइदिनुस्’ नगरप्रमुखसँग उनीहरुले भने।नगरप्रमुख सरावगीले पनि तत्काल त्यहाँबाट नहटाउने आवश्वासन दिए। उनले व्यवस्थित रुपमा व्यापार गर्न व्यवस्था गरिदिने बताए।स्राेत थाहखबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.