जेन–जी आन्दोलनका घाइते उदय प्रकास साह र उनकी आमा सम्मानित

सर्लाही,१३ कार्तिक । जेन–जी मधेश प्रदेशका अध्यक्ष शिव यादवले जेन–जी आन्दोलनका घाइते उदय प्रकास साह र उनकी आमालाई सम्मान गरेको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा वडा नं. २ बबरगंजमा जेन–जी सर्लाहीको तदर्थ समिति गठन कार्यक्रममा आउनु भएको मधेश प्रदेश अध्यक्ष यादवले जेन–जी आन्दोलनमा उदय प्रकाशले अग्रणी भुमिका निर्वाह गर्दा गोली लागि घाइते भएको र उनको देश निर्माणमा महत्पुर्ण भुमिका निर्वाह गरेकोले उदय प्रकाश र उनकी आमालाई सम्मान गर्नुभएको छ । अध्यक्ष यादवले राष्ट्रिय झण्डाले उदय प्रकाश र उनकी आमालाई सम्मान गर्नुभएको हो ।
अध्यक्ष यादवले उदय प्रकाशकी आमासँग भेट गर्दै उहाँप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। भेटका क्रममा आमाले भावुक हुँदै भनिन्, “अब मेरो छोरा मात्र होइन, देशको छोरा बन्यो।” आमाको त्यस्तो भावनाले सभामा उपस्थित धेरैलाई भावुक बनायो। अध्यक्ष यादवले आमाको ममताले र छोराको साहसले जेन–जी आन्दोलनलाई अझ दृढ बनाएको बताउँदै देश निर्माणमा युवा पुस्ताको भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
यसैगरी जेन–जीको सर्लाही जिल्लाभरी कमिटि गठन गर्न सुनिल कुमार महतोको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
कार्यक्रममा जेन–जीका नेताहरुको उपस्थिति रहेको थियो। अध्यक्ष महतोले समितिको तर्फबाट बोल्दै संगठनलाई सशक्त र सुदृढ बनाउँदै युवाहरूको आवाजलाई संस्थागत रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य अधिकारका लागि एकजुट भइ शान्तिपूर्ण र रचनात्मक आन्दोलनमार्फत मधेश र देश दुवैको हितमा काम गर्नु हो।”



