१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा महिलाको हत्यामा संलग्न तिन अभियुक्त पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा महिलाको हत्यामा संलग्न तिन अभियुक्त पक्राउ

प्रेमनाथ पौडेल
सर्लाही,१ माघ । सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १० कटानी बस्ने ३२ वर्षिया सावित्री कुमारी महराको हत्या संलग्न तिन जना अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बरहथवाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा न.१० ताईवान टोल बस्ने ं.२७ वर्षिय सन्तोष साह, .२७ वर्षिय मुकेश ब्लोन र २२ वर्षिय रोहित हजरा रहेका छन ।

मृत्क महिलाको बरहथवा नगरपालिका वडा नं.१० पौष २३ गते उखूखेत भित्र शव फेला परेको परेको थियो । मृत्क महिला पुष १७ गतेका दिन विरगंज औषधी गराउन जान्छु भनि घरबाट निस्केका थिए ।मृत्क महिला घर नफर्किदा परिवारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोज तलाश गर्दा बरहथवा न.पा.वडा नं.१० स्थित राम छविला साहको उखूखेत भित्र मृत्क महिलाको आधा शरिर जलेको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले प्राबिधिक अनुसन्धान तथा छानविन गर्दा अभियुक्त सन्तोष साह र मृतक महिला ८÷९ महिना पहिला जग्गा खरिद गर्ने भनी जग्गा हेर्ने क्रममा मृतक महिलाको बुबा मार्फत बिदेशमा रहेको मृतकको श्रीमान सुरत राम महरा संग अभियुक्त साहको चिनजान भएको थियो ।
जग्गा खरिद गर्न २ लाख समेत मृतक महिलाले अभियुक्त साहलाई दिएको र बैना दिए पश्चाय मृतक र साह बिच पटक पटक सम्पर्क भई एक अर्का बिच प्रेम सम्बन्ध भएको थियो मृतक महिलाले अभियुक्त साहलाई संगै लियर भाग्ने भनी दवाव दिएपछि साथिहरुलाई लिएर अभियुक्त साहलाई मृत्क महिलालाई हत्या गरेको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।अभियुक्त साह पहिला नै विवाहित भई र बुबा समेत भरखरै स्वर्गवास भएको तथा मृतक महिलालेसँगै बस्ने दवाव दिएकोले उक्त समस्यालाई सामाधान गर्न अभियुक्त साहले योजना बनाई हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

अभियुक्त साहले महिलाको घाटि थिचेर हत्या गरी मृतक महिलाको शवलाई बाटो छेउकै उखूबारी भित्र लगी अपराध लुकाउनको लागी मृतकको कपडा खोली मृतककै जिउमा राखी मोटरसाईकलबाट पानीको बोतलमा पेट्रोल समेत निकाली मृतकको शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत तथा प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।महिलाको हत्या गरेका तिनै जना अभियुक्तलाई ज्यान सम्बन्धी कसुर मुद्दा चलाइएको सूचना अधिकृत गिरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.