११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
करेसाबारी खेतिका लागि तालिमसँगै बिउविजन वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

करेसाबारी खेतिका लागि तालिमसँगै बिउविजन वितरण

महोत्तरी, ७ जेष्ठ । महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा गर्भवति तथा सुत्केरी महिला भएका घर परिवारलाई करेसाबारी खेतिका लागि तालिमसँगै बिउविजन वितरण गरिएको छ । एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत कृषकहरुलाई करेसाबारी खेति सम्बन्धी २ दिने तालिम एकडारा गाउँपालिकामा आइतबार सम्पन्न गरिएको छ ।

एकडारा गाउँपालिकाका ६ वटै वडाका गर्भवति तथा सुत्केरी महिला भएका घर परिवारलाई लक्षित गरी उक्त करेसाबारी खेति सम्बन्धी तालिम संचालन गरिएको थियो । घरमै अर्गानिक तरकारी उत्पादन गरी खान र पोषणको मात्रा पुरा गर्न मद्दत पुगोस् भन्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको संस्थाको जीविकोपार्जन कार्यक्रम अधिकृत आरती चौधरीले जानकारी दिनुभयो ।

यसै क्रममा वडा नं. २ मा संचालित तालिम समापनका अवसरमा सहभागीहरुलाई बिउविजन तथा कृषि सामाग्री वितरण गर्नुहुँदै एकडारा गाउँपालिका वडा नं. २ का अध्यक्ष सखिचन्द्र यादवले आफ्नै बारीमा तरकारी उत्पादन गरी खान सके स्वास्थ्यमा धेरै फाइदा हुने मनत्बय दिनुभयो ।

विशेष गरी गर्भवती तथा सुत्केरी र कुपोषित बालबालिका भएका विपन्न घरधुरीलाई लक्षित गरी संचालित उक्त तालिम पश्चात आफ्नै घर आँगनमा तरकारी फलाएर पोषिलो खाना खान सहयोग पुग्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको जानकारी संस्थाका सचिव सरोज कुमार सिंहले दिनुभयो ।

हालसम्म ९ वटा स्थानमा संचालित उक्त तालिममा एकडारा गाउँपालिका भरिका १ सय ८० जना सहभागीलाई विभिन्न प्रकारका मौसमी तरकारीको बिउ, हजारी, कुटो, खुर्पी आदि औजार समेत वितरण गरिएको संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।एकडारा गाउँपालिकाको समन्वयमा संचालित उक्त तालिमको सहजीकरण गाउँपालिकाका कृषि अधिकृत उपेन्द्र महतोले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.