१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नाईट बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु, १३ जना घाइते – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

नाईट बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु, १३ जना घाइते

राकेश गुप्ता
सर्लाही,१६ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित पुर्वपश्चिम राजमार्गमा नाईट बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छन भने १३ जना घाइते भएको छन । गए राति ईश्वरपुर नगरपालिका वडा नं. १२ बाँके जंगल स्थित पुर्वपश्चिम राजमार्गमा बरियारपट्टी सिरहा बाट काठमाण्डौ तर्फ आउदै गरेको ना ७ ख ७५३ न.को नाईट बसले बिपरित दिशा तर्फ बाट जादै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्कर बाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका वडा नं. १२ घारीबथान बस्ने २७ वर्षिय भक्त बहादुर खड्काको घाटना स्थलमै मृत्यु भएको थियो भने मोटरसाइकल चालक ्घारीबथानकै २६ वर्षिये अरुण खड्का गम्भिर घाइते भएका छन । मोटरसाइकल पछाडी सवार घडकाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ भने गम्भिर घाईते अरुणको गढिमाई अस्पताल लालबन्दीमा उपचार हुन नसकि थप उपचारको लागि नेश्नल मेडिकल कलेज बिरगंज पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसैगरी बस बाटोको बाँया साईडमा पल्टिन गई दुर्घटना हुँदा बसमा ४० जना सवार मध्ये १२ जना घाईते भएका छन । १२ जना घाइते मध्ये १ जना थप उपचारको लागी सिरहा रिफर भएको, ७ जनाको लालबन्दी मोडेल अस्पतालमा उपचार पश्चात डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्कि सकेको र ४ जना घाईते हरु सोही अस्पतालमा उपचार गराइरहेको तथा ४ जनाकै अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो । घटना स्थलमा प्रहरी टोलि खटि गई दुवै सवारी साधन नियन्त्रणमा लिएको छ भने बस चालक फरार भएको हुदा खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.