२६ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
हरिवनमा युवाहरुले बाडे १५ सय माक्स – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

हरिवनमा युवाहरुले बाडे १५ सय माक्स

सर्लाही,१५ माघ । सर्लाहीको हरिवन नगरपालिकामा युवाहरुको सक्रियातामा १५ सय जना स्थानियहरुलाई सर्जिकल माक्स वितरण गरिएको छ ।

शनिवार हरिवन युथ रेडक्रस सर्कलको आयोजना तथा हरिवन युवा रेडक्रस सर्कलका उप संयोजक राजु लो तामाङ, युथ रेडक्रस सर्कलका उपाध्यक्ष सन्दिप लामा, सचिव भिम बहादुर मगर, सहसचिव अर्जुन साह, लगायतका युवाहरुको उपस्थितिमा हरिवन बजार क्षेत्रमा आवतजवात गर्ने १५ सय सर्वसाधारणहरुलाई सर्जिकल माक्स वितरण गरिएको छ।

युवाहरुलाई सर्जिकल माक्स चण्डेश्वरी ट्रेडर्सका सञ्चालक प्रयागराज पोते, युवा समाजसेवी युथ रेडक्रस सर्कलका सल्लाहकार युवराज भण्डारी, फेस्का कम्पनीका प्रतिनिधि लगायत विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए ।

खास गरी कोरोना संक्रमन बाट जोगाउने तथा स्थानियलाई माक्सको बानि बसालने उदेश्यका साथ माक्स वितरण गरिएको आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.