१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
सर्लाहीमा कोरोना बाट संक्रमित हुनेको संख्या १ सय ४ पुग्यो – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा कोरोना बाट संक्रमित हुनेको संख्या १ सय ४ पुग्यो

सर्लाही,१६ माघ । सर्लाहीमा कोरोना बाट संक्रमित हुनेको संख्या १ सय ४ पुगेको छ । शनिवार १२ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पतालका प्रमुख समेत रहेका नवल झाले बताउनुभयो ।

खासगरी सहर केन्द्रित व्यक्तिहरुले मात्र कोरोना परिक्षण गराएको हुदा बास्तविक सर्लाहीका कोरोना संक्रमित पता लगाउन अप्ठयारो परेको झाले बताउनुभयो ।

गाउँ गाउँमा कोरोना संक्रमित भए पनि उनिहरु कोरोना परिक्षण गराउन अस्पतालमा नआएको झाले जानकारी दिनुभयो । कोरोना परिक्षणको लागि स्यामपल नै पुगेको छैन, दुई तिन दिनमा स्यामपल जम्मा गरेर कोरोना परिक्षण गर्नुपरेको जिल्ला अस्पताल प्रमुख झाको भनाइ रहेको छ ।

कोरोना संक्रमितहरुले परिक्षण गराउन जिल्ला अस्पताल नआउदा बास्तविक सर्लाहीको कोरोना संक्रमित थाह पाउन ग्राहो भएको अस्पताल प्रमुख झाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.