१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित दुइ जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित दुइ जना पक्राउ

सर्लाही,१७ माघ । सर्लाहीमा प्रतिबन्धित लागु औषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा लालबन्दी न.पा. वडा नं. ८ बस्ने अन्दाजी वर्ष ४३ को अख्तर हुसेन र ईश्वरपुर न.पा. ६ बस्ने अन्दाजी वर्ष ३६ को अशोक लामा रहेका छन ।

गए राति कबिलासी न.पा. ८ मा प्रहरीले शंका लागि चेक जाँच गर्ने क्रममा उनिहरुलाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एच आर २६बिएफ १८७६ नं.को कारलाई चेकजाँच गर्दा कारमा सवार हुसेनको साथबाट डाइलेक्स डिसि १०० एम एल ११ बोतल, नोफिबिन फेरगन ११ एम्पुल र हाइ टिच इन्जेक्सन – ३ पिस लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै कार र कार चालक लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यायमा ल्याइ आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता माधव बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.