१४ चैत्र २०८०, बुधबार | Email:- [email protected] | [email protected]
२० किलो ९०० ग्राम लागु औषध गाँजा सहित महिला पक्राउ – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

२० किलो ९०० ग्राम लागु औषध गाँजा सहित महिला पक्राउ

सर्लाही,१८ माघ । सर्लाहीमा प्रतिबन्धित लागु औषध गाँजा सहित एक महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा मकवानपुर जिल्ला स्थित कैलाश गाउँपालिका वडा न.५ बस्ने ३० वर्षिया करिश्मा मोक्तान रहेकी छन । पक्राउ परेकी मोक्तानको साथ बाट २० किलो ९०० ग्राम लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी टोलीले मलंगवा नगरपालिका वडा न.७ गणेशिया टोल स्थित सडक खण्डमा चेक प्वाईन्ट थापी सवारी साधन तथा पैदल यात्रीहरूलाई चेकजाँच गरी रहेको समयमा प्रदेश ०२–००१–ह १४०२ न.को टेम्पुलाई चेक जाँच गर्दा मोक्तान लाई लागु औषध गाँजा २० किलो ९०० ग्राम तथा मोबाईल थान १ सहित पक्राउ गरी थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.