१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जागिर लगाई दिन्छु भनी ८ लाख ठगी गर्ने एमडि राजा पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

जागिर लगाई दिन्छु भनी ८ लाख ठगी गर्ने एमडि राजा पक्राउ

सर्लाही,१८ माघ ।सर्लाहीमा जागिर लगाई दिन्छु भनी ठगी गर्ने एमडि राजा पक्राउ परेका छन ।पर्सा गाउँपालिका वडा नं. बस्ने अतिबुला मियाँको छोरालाई प्रहरी बिभागमा नोकरी लगाई दिन्छु भनी झुक्याएर रु ८ लाख ठगी गर्ने बलरा नगरपालिका वडा नं. ७ गडहिया टोलमा बस्ने ईजराईल मंसुरी उर्फ एमडि राजालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

मियाँको छोरालाई प्रहरी बिभागमा नोकरी लगाई दिन्छु भनी ८ लाख ठगी एमडि राजाले जागिर नलगाएपछि पैसा फिर्ता गर्न अनाकानी गरेको थियो ।

पिडित मियाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि जाहेरीको केहि दिनमै प्रहरीले माघ ९ गते एमडी राजालाई पक्राउ गरी ठगी तथा आपराधिक बिश्वासघात सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधब प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.