१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवन नगरपालिकामा सबै कार्यालय बन्द हुने गरी दुई दिन बिदा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवन नगरपालिकामा सबै कार्यालय बन्द हुने गरी दुई दिन बिदा

सर्लाही,१८ माघ । सर्लाहीको हरिवन नगरपालिकाले सोनाम ल्होसार पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले सूचना निकाल्दै तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा हरिवन नगरपालिकाभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्थाहरु, शिक्षण संस्थाहरु समेत गरी माघ १९ र २० गते दुई दिन सार्वजनिक विदा दिएको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले जानकारी दिनुभयो ।

नेपाल तामाङ घेदुङ हरिवन नगर समितिले हरिवन नगरभित्र तामाङ समुदायको उल्लेख्य बसोवास रहेकाले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आइतबार मात्रै मेयर प्रसाइलाई ज्ञापन पत्र बुझाएको थियो ।

सोहि अनुरुप हरिवन नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख प्रसाईका स्वकीय सचिव युवराज आचर्यले जानकारी दिनुभयो । गत वर्ष पनि हरिवन नगरपालिकाले सोनम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.