१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चोरी गरेको मोटरसाइकल सहित ४ जना पक्राउ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चोरी गरेको मोटरसाइकल सहित ४ जना पक्राउ

राकेश गुप्ता
सर्लाही,१८ माघ । सर्लाहीमा चोरी गरेको मोटरसाइकल सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा लालबन्दी न.पा.–५ वस्ने वर्ष २९ को सुर्यदिप चौधरी , वर्ष १९ को रुपेश माझि मुसहर र वडा नं.१५ वस्ने वर्ष २९ को सोम बहादुर रेग्मी रहेका छन । माघ ७ गते राती लालबन्दी न.पा.–५ वस्ने ज्ञान बहादुर क्षेत्रीको आफ्नै घरको बरण्डामा पार्किङ गरी राखेको प्र२–०३–००१ प १०१९ नं.को होण्डा साईन मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएको भनि मोटरसाइकल धनिले प्रहरी कार्यालयमा निवेदन दिएका थिए । निवेदन पश्चात प्रहरीले अनुसन्धान गर्दै खोज तलाश गर्दा मोटरसाइकल सहित अभियुक्त तिनै जनालाई नियन्त्रणमा लिएको लालबन्दी प्रहरीले जनाएको छ ।

यसैगरी सर्लाहीको मलंगवा नगरपालिकामा पनि चोरी गरी मोटरसाइकल लादै गरेको समयमा एक जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा मलंगवा न.पा वडा नं १ बस्ने सैफा मण्डल रहेका छन । मलंगवा नगरपालिका वडा नं ८ स्थित वडा नं १ बस्ने पुनरदत कुमार यादवले मलंगवा अस्पताल सर्लाहीको मेन गेट अगाडी पार्किङ गरि राखेको प्रदेश २–०३–०११ प ६७११ नम्बरको मोटरसाईकल चोरी गरी डोर्याई लादै गरेको अवस्थामा मण्डललाई वडा नं ८ स्थितबाट मोटरसाईकल सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

पछिल्लो समयम सर्लाहीमा मोटरसाइकल चोरी गर्नेको संख्या बढेको छ । केहि दिन अघि मात्र लालबन्दी नगरपालिका वडा नं. १ स्थित गुप्ता मोटरसाइकल वर्कशप बाट ना १६ प ४०४ नम्बरको मोटरसाइकल चोरी भएको थियो । ति मोटरसाइकल हाल सम्म पनि फेला नपरेको मोटरसाइकल धनि लालबन्दी नगरपालिका वडा नं. १ बस्ने समर कुमार गुप्ताले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.