१६ चैत्र २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
मृगौलाको उपचार गराउन हिमाली मगरलाई आर्थिक सहयोग – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

मृगौलाको उपचार गराउन हिमाली मगरलाई आर्थिक सहयोग

हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा मनकारी व्यक्तिहरुले मृगौलाको उपचार गराउन हरिवन नगरपालिका वडा नं. ८ बस्ने हिमाली मगरलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक रुपले विपन्न मगरको दुुई वटै मृगौला खराब भएपछी उपचार गराउन गाह्रो भएको हुदाँ हरिवन निवासी धनराज बुढाथोकी, निरन्जन कुमार साह लगायतको व्यक्तिहरुको पहलमा युवराज कार्की, राजु कार्की, प्रमोद, रामनरेश महतो, सागर दवाडी, अशोक थापा, संगिता घिसिङ्ग लगायतको विभिन्न व्यक्तिहरुको सहयोगमा मृगौला पिडित मगरलाई रु. ७७ हजार ३ सय ९० रुपैया सहयोग गरिएको समाजसेवी भरत कुमार कार्कीले जानकारी दिए ।

मृगौला पिडित मगरलाई हुन त यो रकम ठुलो हैन तर आफुहरुले सक्दो अझ बढी रकम जम्मा पारेर पुःन आर्थिक सहयोग गर्ने समाजसेवी कार्कीले जानकारी दिए । समाजसेवी कार्कीले मृगौला रोग बाट ग्रसित मगरलाई आर्थिक सहयोग गर्न सम्पूर्णमा अपिल समेत गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.