११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
समाजसेवी कार्कीले छात्रा रियालाई स्नातक तह सम्म पढाउने – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

समाजसेवी कार्कीले छात्रा रियालाई स्नातक तह सम्म पढाउने

सर्लाही,२४ असार । समाजसेवी भरत कुमार कार्कीले एक विपन्न छात्राको अभिभावकत्व ग्रहण गर्दै स्नातक तह सम्मको पठन पाठनको जिम्मा लिनु भएको छ । आर्थिक अभावका कारण प्लस टु को प्रमाण पत्र समेत निकाल्न नसकेकी हरिवन नगरपालिका वडा नं. ८ की रिया थापा मगरको दुई बर्ष देखि रोकिएको प्रमाण पत्र निकालिई दिनु हुदँै स्तातक तह सम्मको पठन पाठनको जिम्मा समाजसेवी कार्कीले लिनुभएको हो ।

आर्थिक अभावका कारण दुई वर्ष देखी प्लस टु को सर्टिफिकेट सम्म निकाल्न नसकेको थाह पाउँदा निकै दुःख लाग्यो समाजसेवी कार्कीले भन्नुभयो, शिक्षा बाट कोही पनि बञ्चित हुुन नपरोस र शिक्षामा सबैको पहुँच पुगोस भन्ने उदेश्यले मैले रियाको अभिभावकत्व ग्रहण गरेकु हु ।

उहाँले रियालाई स्नातक तह सम्मको अध्ययन अध्यापनमा लाग्ने सम्पुर्ण खर्च आफैले तिर्ने बताउनुभयो । रिया हरिवन स्थित चतुरभुजेश्वर बहुमुखी क्याम्पस सुखेपोखरीमा अध्ययन रत छिन । समाजसेवी कार्की हरिवन स्थित बागमती सेवा समाज नेपालका अध्यक्ष तथा हरिवन सेवा समाज सर्लाहीका आजिवन सदस्य समेत हुनुहुन्छ । उहाले बिगतमा पनि बागमती सेवा समाज मार्फत होस या व्यक्तिगत रुपमा पनि समाजसेवाका थुप्रै कामहरु गर्दै आई रहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.