ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
महिला दिवसको अवसरमा समाजसेवी आचार्यले दिए महिला समुहलाई सिलाइ मेशिन

सर्लाही,२४ फागुन ।सर्लाहीको ईश्वरपुर नगरपालिका निवासी समजसेवी तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मनोज आचार्यले परिवर्तन महिला कृषक समुहलाई सिलाई मेसिन ६ थान वितरण गर्नुभएको छ ।
‘११२औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर समाजसेवी आचार्यले मंगलवार ईश्वरपुर नगरपालिका वडा नं. ४ सागरनाथका परिवर्तन महिला कृषक समुहलाई सिलाइ गर्ने मेसिन प्रदान गर्नुभएको छ ।
६ थान मेसिनले एक पटकमा ५० जना महिलाले सिलाई कटाई तालिम लिने छ भने सो मेसिन बाट दिनभरमा ५ शिफट गरेर तालिम सुरु गरिने समाजसेवी आचार्यले जानकारी दिनुभयो । यस अघि पनि समाजसेवी आचर्यले सर्लाहीको विभिन्न पालिकामा विभिन्न सामग्री सहयोग गरेका छ ।