१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
८४ लाख मुल्य पर्ने जग्गा विद्यालयलाई दिएपछि साहलाई स्थानियले गरे भव्य सम्मान – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

८४ लाख मुल्य पर्ने जग्गा विद्यालयलाई दिएपछि साहलाई स्थानियले गरे भव्य सम्मान

सर्लाही,२४ फागुन । सर्लाहीको गोडैता नगरपालिकामा सामुदायिक विद्यालयलाई जग्गा दान गरेपछि दुई जना समाजसेवीहरलाई स्थानियहरुले भव्य सम्मान तथा स्वागत गरेको छ । मंगलवार एक कार्यक्रममको आयोजना गरी जग्गा दाता जगरनाथ साह र राजकुमारी साहलाई स्थायिनहरुले सम्मान गरेको छ ।

केहि दिन पहिला दव्य साहले ८४ लाख मुल्य पर्ने ८ कठ्ठा १० धुर जग्गा गोडैता नगरपालिका वडा नं. ४ रेहुवामा रहेको जगन्नाथ राजकुमारी प्राथमिह विद्यालयमा दव्य साहले प्रति १२ लाख कठ्ठा मुल्य पर्ने जग्गा दान गरेपछि जग्गा दाता जगरनाथ साह र राजकुमारी साहलाई माला र दोसल्ला ओढाएर स्थानीयले भब्य स्वागत तथा सम्मान गरेको विद्यालयले जनाएको छ।

यसैगरी सोहि विद्यालयका नेपाल सरकारको ६० लाख लगानीमा चारकोठे पक्की भवन समेत उद्घाटन गरिएको छ । कार्यक्रममै विद्यालयका प्रअ श्रीकृष्ण राय यादवलाई जग्गादाता जगरनाथ साहले जग्गाधनी पुर्जा हस्तान्तरण समेत गर्नुभयो । कार्यक्रममा गोडैता नगर प्रमुख देवेन्द्र कुमार यादव ।

उपप्रमुख अन्जना कुशवाहा,संविधानसदस्य शम्भु पासवान,शिव कुमार राउत, गोडैता नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लगायत स्थानिय तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.