१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको राजर्षि जनककप फूटवल प्रतियोगिता चैत्र २ बाट – Nigrani Today
खेलकुदताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको राजर्षि जनककप फूटवल प्रतियोगिता चैत्र २ बाट

सर्लाही,२६ फागुन । सर्लाहीको बागमतीमा हुने छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिता चैत्र पहिलो साताबाट सुरु हुने भएको छ । मधेश प्रदेशकै ठूलो धनराशीको राजर्षि जनककप फूटवल प्रतियोगिता बागमती नगरपालिका– ११ कर्मैया स्थित स्वर्गीय संतोष स्मृति खेल मैदानमा आउँदो चैत्र २ गतेबाट सुरु हुने बिहिवार पत्रकार सम्मेलनमार्फत जानकारी गराईयो ।

प्रतियोगितामा आयोजक बागमती नगरपालिका र बागमती युवा क्लब समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने छन् । जसमा एक विदेशी क्लब समेत रहेका क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबको एउटा टिमसँगै नेपाल पुलिस क्लब, एपिएफ, हिमालयन शेर्पा, एन।आर।टी।, सुदूरपश्चिम–११, धनगढी, बिएफसि–११ चितवन, मनाङ्ग मस्र्याङ्दी क्लब, मच्छिन्द्र फूटवल क्लब, अभेनिएर फूटबल कलव क्यामेरुन, जन जागृति युवा क्लब सीमरा र पिप्ले यूथ क्लब हेटौंडाले सहभागिता जनाउँदै छन् ।

८० लाख रुपैंया बढी लागत अनुमान गरिएको प्रतियोगिताको बिजेता टिमले नगद १० लाख प्राप्त गर्नेछ, भने उपबिजेताले ५ लाख हात पार्नेछ ।

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैंया प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने बागमती नगर भित्रका एक खेलाडीलाई प्रोत्साहन स्वरुप ुबागमती राईजीङ अफदि ईयर प्लेयर्सु घोषणा सहित एक थान मोटरसाईकल प्रदान गरिने समेत प्रतियोगिता आयोजकले जानकारी दिएको छ ।

फूटबल प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजकको खोजि भईरहेको र द्धितिय पुरस्कार भने धुलिखेल निर्माण सेवा प्रालीबाट प्रदान गरिने क्लवका अध्यक्ष मैनालीले बताउनुभयो ।
त्यस्तै प्रतियोगितालाई सफल पार्नका लागि बागमति नगरपालिका सहित स्थानीय तह, विभिन्न संघ संस्था, उद्योगी व्यापारीहरुसँग सहयोग संकलन गरिएको र विभिन्न व्यापारिक हाउसहरुको प्रायोजन रहने क्लबको दाबी छ ।

पत्रकार सम्मेलनमा आयोजक समेत रहेको बागमती नगरपालिकाकि उप–प्रमुख लीला कुमारी मोक्तानले प्रतियोगिता सफल रुपमा सम्पन्न पार्न नगरपालिकाको तर्फबाट सक्दो सहयोग गरिने बताउँदै मधेस प्रदेशकै प्रतिष्ठित प्रतियोगिता सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।प्रतियोगिता सुरक्षित रुपले सम्पन्न गर्नका लागि सम्पूर्ण पुर्वाधार तयार भइसकेकोे आयोजकले बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.