१० चैत्र २०८०, शनिबार | Email:- [email protected] | [email protected]
भूमिसम्बन्धी समस्या समाधान गर्न चन्द्रनगर गाउँपालिकाले पनि गर्यो भूमि आयोगसँग सम्झौता – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

भूमिसम्बन्धी समस्या समाधान गर्न चन्द्रनगर गाउँपालिकाले पनि गर्यो भूमि आयोगसँग सम्झौता

चन्द्रनगर ,१० चैत्र।। भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न चन्द्रनगर गाउँपालिकाले पनि भूमि आयोगसँग सम्झौता गरेको छ ।

चन्द्रनगर गाउँपालिकामा भएका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न कार्य सहमति पत्रमा हस्ताक्षर बिहीबार हस्ताक्षर भएको हो ।

भूमि सम्बन्धी ऐन २०२१, भूमि सम्बन्धी नियमहरू २०२१, राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ र अन्य प्रचलित कानूनमा भएका व्यवस्था बमोजिम कार्यसम्पादन गर्न आयोग र नगरपालिका दुबै पक्ष सहमत भई कार्य सहमति पत्रमा हस्ताक्षर भएको चन्द्रनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिनुभयो ।

कार्य सहमति पत्रमा गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष महेन्द्र महतोल हस्ताक्षर गर्नुभएको छ । कार्यसहमति पत्रमा हस्ताक्षर भएसँगै अब चन्द्रनगर गाउँपालिकाले आयोगसँगको समन्वयमा गाउँपालिकाभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले बसोबास या आवाद कमोट गरेको बस्तीहरुको विवरण, लगत संकलन कार्यका लागि सेवा केन्द्र प्रमुख तथा तथ्याङ्क संकलक, तथ्याङ्क प्रविष्टिकर्ता, नापी कामदार फिल्ड सहयोगी तथा आवश्यक अन्य जनशक्ति व्यवस्थापन गर्नेछ ।

त्यस्तै त्यस्तै नापी कार्यालयबाट खटिएका नापी टोलीको कार्यकक्ष व्यवस्थापन गरी आवश्यक पूर्वाधारहरु (कम्प्युटर, प्रिन्टर, स्क्यानर आदि) सहितको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी सेवा केन्द्र गठन गर्ने र सो सेवा केन्द्रको संलग्न ढाँचा बमोजिमको साइनबोर्ड समेत राखिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिङ्गले बताउनुभयो ।

अघिल्लो सरकारको पालामा बनेको भूमिसम्बन्धी आयोग सक्रिय रहँदाको बखत नै नगरपालिकाको भूमी सम्बन्धी ईकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको तथ्यांक संकलनको काम सम्पन्न गरेको थियो । यसअघि मंगलबार मात्रै जिल्लाकै हरिवन नगरपालिकाले पनि आयोगसँग यस्तो सम्झौता गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.