१७ मंसिर २०८०, आईतवार | Email:- [email protected] | [email protected]
शहीद र मृतकका परिवारलाई १ लाख नगदसहित सम्मान – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

शहीद र मृतकका परिवारलाई १ लाख नगदसहित सम्मान

बरहथवा,१७ चैत्र । सर्लाहीको बरहथवा नगरपालिका–२ हजरियामा आयोजित सशस्त्र द्वन्द्वका शहीद र मृतक परिवारलाई सम्मान गरिएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले आज सम्मानपत्र र १ लाख रूपैयाँसहित उनीहरूलाई सम्मानित गरेका हुन्।कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति पुनले शहीदले पु¥याएको योगदानप्रति सम्मान व्यक्त गर्दै शहीद सबैको र देशकै हुने तर्क गरे। उनले मुलुकको परिवर्तनका लागि आफ्नो प्राण उत्सर्ग गर्ने शहीद राष्ट्रिय निधि रहेको चर्चा गरे। शहीदको सपना पूरा गर्नु सबै तह र राज्यको दायित्व हुने उनको भनाइ थियो।

उपराष्ट्रपति पुनले मधेश सरकारले ल्याएको बेटी बचाऊ, बेटी पढाऊ लगायत विभिन्न कार्यक्रम उत्कृष्ट रहेको बताए। यसबाट अन्य प्रदेशले पनि सिक्नुपर्ने उनको भनाइ थियो। बाल विवाह, अन्धविश्वास यहाँको विकासको बाधक भएको उपराष्ट्रपति पुनले बताए।मधेशी शहीद प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले परिवर्तनका लागि बलिदान गरेका शहीद परिवारलाई विभिन्न सहयोग गरिने बताए।

उनले शहीद परिवारलाई सिपमूलक तालिम दिएर देशभित्र र देश बाहिर रोजगारी सिर्जना गरिने बताए।ऐतिहासिक जनआन्दोलनमा प्रदेशका नागरिकको महत्त्वपूर्ण योगदान रहेको चर्चा गर्दै प्रदेशले पाउनुपर्ने अधिकार नपाएको गुनासो गरे। अधिकार प्राप्तिका लागि संघर्ष गर्न मधेश प्रदेश कहिले पछाडि नपर्ने र कसैसँग नझुक्ने उनको भनाइ थियो।

मधेशी शहीद प्रतिष्ठानले सर्लाहीका ६१ जना शहीदका परिवारलाई जनही सम्मानपत्र र १ लाख नगदसहित सम्मान गरेको हो। उपराष्ट्रपति पुनले ६१ जनालाई वितरण गरिएको नगदसहित प्रदेशभरि का ५ सय ४२ जना शहीदका परिवारले राहत प्राप्त गरेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए। स्रोत ः थाहखबर ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.