२२ भाद्र २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अनाथ जुम्ल्याहा बालक पाल्न सांसद महतोले दिए दुधालु गाई – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अनाथ जुम्ल्याहा बालक पाल्न सांसद महतोले दिए दुधालु गाई

सर्लाही,१७ चैत्र । सर्लाही क्षेत्र नं. (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद उपेन्द्र महतोले अनाथ जुम्ल्याहा बालक पाल्न गाई प्रदान गरेको छ । प्रदेश सभा सदस्य महतोले अनाथ जुम्ल्याहा पाल्न एउटा दुधालु गाई सहयोग गर्नुभएको छ। चन्द्रनगर गाउँपालिका वडा नं. २ बबरगंज निवासी किसुनदेव माँझी ‘लाली’ को जुम्ल्याहा नाती पाल्न सांसद महतोले आफनो व्यक्तिगत खर्चमा दुधालु गाई किनेर बिहिवार प्रदान गर्नु भएको छ ।

लालीको आर्थिक अवस्था दयनीय रहेको र आफ्नो अनाथ जुम्ल्या नाती पाल्न धउधउ परिरहेको बेला प्रदेश सभा सदस्य महतोले दुधालु गाई सहयोग गर्नुभएको छ। लाली विभिन्न व्यक्ति बाट पैसा सहयोग मागेर चार महिना देखी दुबै बच्चालाई दुध खुवाउँदै आईरहेको थियो । लालीले आज गाई पाए पश्चात अब आफुले दुबै बच्चा हुर्काउन सक्ने र कसै सँग दुधकै लागि सहयोग मागनु नपर्ने खुसि भएर बताए। किसुनदेव माँझी ‘लाली’ ले आफ्नो छोरी पूनम माँझीको तीन वर्ष पहिले सर्लाहीकै हरिपुर्वा नगरपालिकाको बसतपुर निवासी रामचन्द्र माँझीसँग बिवाह गरेका थिए। चार महिना अघि पूनमले जुम्ल्याहा छोरालाई जन्म दिएकी थिईन्।

बच्चा जन्माउने क्रममै सिकिस्त बिरामी भएकी आफ्नो छोरीलाई अथक प्रयास पश्चात पनि बचाउन नसकेको लालीले बताउनुभयो। लाली भन्छन् ‘ मेरो छोरी पूनमको मृत्यु पश्चात ज्वाईले जुम्ल्याहा छोरालाई यहीं छोडेको र आफ्नो आर्थिक अवस्था दयनीय भएकोले बच्चा पाल्न अप्ठयारो परिरहेको थियो’। लाली थप्छन्, ‘ हाम्रो निर्वाचन क्षेत्रको माननिय उपेन्द्र महतोको बारेमा धेरै सुनेको थिएँ क्षेत्रको बिकासको साथसाथै जÞरूरतमन्दलाई सहयोग पनि गर्नुहुन्छ भनेर, माननियजीको नजिकको मान्छे मदन पूर्वेलाई सहयोग गराईदिन आग्रह गरेको थिएँ र एउटा गाई सहयोग स्वरूप पाएकोछु।

प्रदेश सांसद महतोले सामाजिक संजालमा लेखेका छन् – बच्चा पालनपोषण तथा जीविकोपार्जनको लागि गाई सहयोग‘.सर्लाही, चन्द्रनगर गा पा वार्ड नम्बर २ बबरगंजका किसुनदेव माँझी ‘लाली’ का जुम्ल्याहा नातिको पालनपोषण गर्न ज्यादै अपठ्यारो भएको जानकारी पश्चात आज एउटा दुधालु गाई सहयोग गर्न पाउँदा आत्मसन्तुष्टिको अनुभूति भईरहेकोछ। गौ माताले यस परिवारको कल्याण गरून् सांसद महतोले लेखेका छन । सांसद महतोले अस अघि पनि विपन्न दलित बालबालिकाहरुलाई सहयोग तथा अन्य समाजिक कार्य गर्दै आइराख्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.