३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
आगामी निर्वाचनबाट एमाले देशकै ठुलो पार्टी बन्छ–प्रभु साह – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचार

आगामी निर्वाचनबाट एमाले देशकै ठुलो पार्टी बन्छ–प्रभु साह

रौतहट,५ वैशाख। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई बिजयी गराउँने अभियानमा जुटन निर्देशन दिएका छन् ।

एमाले रौतहट जिल्ला कमिटीको आज गरुडामा भएको बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य साहले स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बनाउँने अभियानमा जुटन निर्देशन दिएका छन् ।

‘एमालेले आसन्न स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बन्दै आफ्नो श्रेष्ठता हासिल गर्नुपर्ने मुल अभिभारलाई सबै जिम्मेवार कमरेडहरु एकताबद्ध भएर कर्तव्यवोधका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ’ साहले भने ।

रौतहट जिल्ला सहित मधेस प्रदेश एवं देशकै पहिलो र ठुलो पार्टी एमाले हुने विश्वास व्यक्त गर्दै उनले सोही अनुसार जनताका बीचमा जानुपर्ने आवश्यक रहेको बताए । बिभिन्न पार्टीका साथै जननिर्वाचित प्रतिनिधिहरु एमालेमा प्रवेश गर्ने लहर चलेको बताउदै उनले ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमार्फत देशकै ठुलो पार्टी एमाले बन्ने निश्चित रहेको दावी गरेका छन् ।

‘एमाले अगाडी यो पाँच दलीय गठबन्धन टिक्दैन्, उनीहरु चुनावी तालमेल गर्ने भन्छन् तर आफैभित्र लडिरहेका छन् । एमालेमा बिभिन्न पार्टीका साथै जननिर्वाचित प्रतिनिधिहरु ठुलो संख्यामा देशैभरीबाट प्रवेश गरिरहनुभएको छ । आगामी निर्वाचन मार्फत एमाले सबैभन्दा ठुलो पार्टी हुने निश्चित छ, तपाईहरु पनि सोही अनुसार आगाडी बढनुपर्ने हुन्छ’ साहले भने ।

जिल्ला कमिटीको बैठकमा मनोनित सदस्यहरुले सपथ ग्रहण गर्नुका साथै कार्यविभाजन एवं आगामी चुनावी विशेष कार्ययोजना सहित सम्पन्न भएको जिल्ला अध्यक्ष त्रिभुवन साहले बताए । रौतहटको हरेक पालिका एवं वडा स्तरमा एमाले जोडतोडका साथ चुनावी अभियानमा जुटिसकेको जिल्ला अध्यक्ष साहले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.