१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले उम्मेदवारलाई जिताउन जनवर्गीय संगठनका नेतालाई पुर्व मन्त्री साहले दिए निर्देशन – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

एमाले उम्मेदवारलाई जिताउन जनवर्गीय संगठनका नेतालाई पुर्व मन्त्री साहले दिए निर्देशन

सर्लाही,६ वैशाख ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउँने अभियानमा जुटन जनवर्गीय संगठनका नेतालाई निर्देशन दिएका छन् ।

सर्लाहीको लालबन्दीमा आज पार्टीको २२ वटै जनसंगठनहरुको भएको मधेस प्रदेश स्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

सत्तारुढ दलको पाँच दलीय गठबन्धनबाट फैलिएको राजनीतिक गन्धबाट मुलुकलाई मुक्त गर्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गर्न २२ वटै जनसंगठनहरुले आम जनसमुदायलाई अपिल गर्न घरदैलोमा पुग्नुपर्ने उनले बताए ।

‘पाँच दलको अपवित्र गठबन्धनले फैलाएको राजनीतिक गन्धबाट देशलाई मुक्त गर्न आसन्न स्थानीय तहमा नेकपा एमालेलाई मतदान गर्न २२ वटै जनसंगठनले आम जनसमुदायलाई अपिल गर्न घरदैलोमा पुग्ने अठोट हामीले गरेका छौं’ नेता साहले भने ।

पाँच दलीय गठबन्धनले मुलुकमा भ्रष्टाचार तथा अनियमितता बढाएको आरोप लगाउदै उनले मुलुकलाई समृद्ध र जनताको चाहना पुरा गर्नका लागि आगामी दिनमा तीन वटै तहमा एमालेको सरकार जनताको मतदानबाट हुने विश्वास व्यक्त गरे ।

‘यो पाँच दलीय गठबन्धनले मुलुकमा भ्रष्टाचार तथा अनियमितता बढाएको छ । जनताको चाहना पुरा गर्न नसकेको पाँच दलको सरकारले लुटतन्त्रलाई बढावा दिएको छ’ साहले भने, ‘मुलुकलाई कंगाल हुनबाट जोगाउँन तथा मुलुकलाई समृद्ध बनाउँनका लागि एमाले नेतृत्वको सरकार आवश्यक छ । आगामी दिनको तीनै तहको निर्वाचनबाट एमालेको सरकार बन्छ, मुलुक समृद्ध हुन्छ र जनताको चाहना पनि एमालेले नै पुरा गर्छ ।’

सोही अवसरमा गोडैता नगरपालिकाको नेपाली कांग्रेसका प्रभावशाली नेता श्यामबाबू साहको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ताले एमाले प्रवेश गरेका छन् । नवप्रवेशी नेतालाई साहले स्वागत गर्दै पार्टीमा उचित जिम्मेवारी पार्टीले दिने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.