३० बैशाख २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवामा सुविधा सम्पन्न हेल्थ केयर संचालनमा – Nigrani Today
ताजा खबरप्रदेश २शिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

बरहथवामा सुविधा सम्पन्न हेल्थ केयर संचालनमा

बरहथवा,८ वैशाख । सर्लाहीको बरहथवा नगरपालिका सुविधा सम्पन्न एक हेल्थ केयर संचालनमा आएको छ । बिगत लामो समय देखि निर्माणधिन संकट मोचन हेल्थ केयर प्रा.लि. विधिवत रुपमा बुधवार बाट संचालनमा आएको छ ।

बरहथवा नगरपालिका वडा नं. ७ मेनरोडमा संचालनमा आएका हेल्थ केयरमा विभिन्न किसिमको स्वास्थ्य सेवा सहित २४ औं घण्टा ईमेरजेन्सी सेवा संचालनमा हुने संकट मोचन हेल्थ केयर प्रा.लि.का संचालक डा. अमरेश कुमार यादवले जानकारी दिए ।

हेल्थ केयरमा भिडियो एक्सरे, एम्बुलेन्स, बेबी वार्म,ल्याब,एक्सरे, ईसिजि, फार्मेसी, प्रत्येक दिन ओपिडि सेवा निःशुल्क सहित १० सैयाको हेल्थ केयर संचालनमा ल्याएको हेल्थ केयरका संचालक डा. यादवले बताए ।

यस हेल्थ केयरमा खास गरी अति विपन्न, दलित परिवारलाई विशेष छुटमा उपचार गरिने र सबै किसिमको रोगको समेत उपचार गरिने डा. यादवले बताए ।

चिकित्सा पेसा एक समानित पेसा हो, आफुले चाहेको भए अरु ठाउँमा पनि बसेर काम गर्न सकथे तर आफनै ठाउँमा गएर चिकित्सा सेवा प्रदान गर्ने, आफनै नगर वासी तथा छेउछाउको नागरीकको सेवा गरौं भन्ने उदेश्यले हेल्थ केयर संचालनमा ल्याएको डा. यादवले बताए । आफुले यसलाई व्यपार भन्दा सेवामुखि हेल्थ केयर बनाउने उदेश्य राखेको डा. यादवले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.