१३ चैत्र २०८०, मंगलवार | Email:- [email protected] | [email protected]
अत्रौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

अत्रौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण

हरिवन,११ कार्तिक । सर्लाहीको हरिवन नगरपालिका वडा नं. २ मा रहेको अत्रौली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । ग्रामीण स्वास्थ्य सेवा लाई लक्षित गरी नेपाल अदिबासी जनजाती युबा महासंघ नेपालले बिहिवार एक कार्यक्रमको आयोजना गरी अत्रौली स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको हो ।

आदिबासी जनजाती महासंघ प्रदेश २ सचिव संजिव मोक्तानको पहलमा स्वास्थ्य चौकीमा उक्त स्वास्थ्य सामाग्री बितरण गरिएको समाजसेवी मनिष मोक्तानले जानकारी दिएका छन् ।

वडा नं. २ का वडा अध्यक्ष अर्जुन महतोको रोहबरमा स्वास्थ्य चौकी प्रमुख मोहन बहादुर घिसिङलाई मास्क ३० प्याकेट, थर्मलगन ६ थान, अक्सीमिटर, थर्मोमिटर पि.पि.ई. सेट ६ थान, साईनेक्स १४३ ट्याबलेट, भिटामिन सी. १०० ट्याबलेट, पारासिटामोल १०० ट्याबलेट,ओआर एस १४ प्याकेट, जिंक १५० ट्याबलेट, सेनिटाइजर ६ पिस लगायतको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल आदिबासी जनजाती युबा महासंघ नेपालका प्रदेश २ का सचिव मोक्तानले जानकारी दिए ।

ग्रामीण स्वास्थ्य सेवा लाई लक्षित गरी बितरण गरिएको सामाग्रीले उक्त क्षेत्रका बसिन्दाहरुलाई प्रत्यक्ष लाभ समेत पुग्ने सचिव मोक्तानले जानकारी निगरानी टुडेलाई बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.