१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा १ हजार ४० पदको लागि मतदान हुदैँ – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा १ हजार ४० पदको लागि मतदान हुदैँ

सर्लाही,३० वैशाख । आफूले खोजेको र रोजेको जनप्रतिनिधि छनोट गर्न सर्लाही सहित देशभर एकैसाथ स्थानीय तह निर्वाचनको मतदान सुरुआत भएको छ ।

‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका छन् ।आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको हो ।

सरकारले गत माघ २४ गते आज निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको थियो । संविधान जारी भएपछि पहिलो पटक विसं २०७४ वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ मा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भएको थियो । सर्लाही भरका कूल ३ सय १८ मतदानस्थलमा रहेका ५९९ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो ।

मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ । सर्लाही भरीको २० पालिका गरी १ हजार ४० पदको लागि सर्लाही वासी आफ्नो जनप्रतिनिधि छनोटका लागि मतदाता मतदान केन्द्रमा पुगी लामवद्ध भइरहेका छन् ।

आजको ऐतिहासिक निर्वाचनबाट सर्लाहीका २० स्थानीय तहका प्रमुख÷उपप्रमख, अध्यक्ष÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल १ हजार ४० जना स्थानिय सदस्यमा निर्वाचित हुनेछन् ।

स्थानीय तह सदस्य निर्वाचनमा सर्लाहीमा ४ लाख ७४ हजार ४३९ जना मतदाता रहेका छन । जसमध्ये पुरुष२ लाख ७५ हजार १३८, महिला २ लाख १७ हजार २९२ र अन्य पुरुष महिला बाहेक ९ जना रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिनुभयो । यसपटकको निर्वाचनमा बिहीबारसम्म १८ वर्ष उमेर पूरा भएका बालिक मतदाताले मतदानको अवसर पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.