१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कृष्णनगर ९ काे वडाध्यक्षमा गुप्ता र निगमको चर्चा – Nigrani Today
राजनीति

कृष्णनगर ९ काे वडाध्यक्षमा गुप्ता र निगमको चर्चा

 

कृष्णनगर नगरपालिका वडा न. ९ मा वडा अध्यक्षको उम्मेदवार मंगल गुप्ताले चर्चा पाएका छन । नेपाली काग्रेस वाट वडा अध्यक्षमा उम्मेदवारी दिनुभएका गुप्ता अहिले घरदैलो मतदाता भेटघाटमा व्यस्त देखिएका हुन । अनुभवि तथा पाका नेताको रुपमा परिचित गुप्ताको उम्मेदवारी विपक्ष उम्मेदवारहरुलाई सकस परेको छ ।

बहादुरगंजको विकास र समृद्धिको लागि आफुले उम्मेदवारी दिएको र जनताकाे भरपुर साथ पाएको गुप्ताले बताउनुभयो । कुरा गर्नको लागि नभई वडाको विकास र वडाका नागरिकहरुको समस्या सामाधानको लागि वडावासिहरुको आग्रहमा आफुले उम्मेदवारी दिएको बताउनुभयो । निर्वाचनमा जानु तथा जित्नु मात्र सफलता नहुने भन्दै जित पछिको आफ्ना योजनाले महत्व राख्ने बताउनुभयो । शिक्षा,स्वास्थ्य,कृषि लगायत प्रत्यक्ष नागरिकहरु सँग जोडिएको विषयलाई प्राथमिकता दिदै काम गर्ने गुप्ताले बताउनुभयो । वडामा दुई जनाकाे नाम चर्चामा अाएकाे छ । नेपाली कांग्रेस बाट उम्मेदवार भएका मंगल प्रसाद गुप्ता तथा बहुजन शक्ति बाट उम्मेदवार रहेका सतिश कुमार निगम विच प्रतिस प्रधा हुने देखिएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.