१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
सर्लाहीमाको १० पालिकामा निर्वाचित प्रमुख,उपप्रमुख\अध्यक्ष उपाध्यक्षको विवरण (सूची सहित) – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीमाको १० पालिकामा निर्वाचित प्रमुख,उपप्रमुख\अध्यक्ष उपाध्यक्षको विवरण (सूची सहित)

नेपाली कांग्रेसले ८ पालिका जित्यो भने माओवादीले २ पालिका

नेपाली कांग्रेसले जितेका पालिका
हरिपुर्वा नगरपालिका
सर्लाही,४ जेठ । सर्लाहीको हरिपुर्वा नगरपालिकामा पनि नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट नगर प्रमुखमा विदोद साह र उपप्रमुखमा सुमिन्त्रा देवी यादव निर्वाचित हुनु भएको छ । आज विहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुख साहले ५०९९ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार योग्यनारायण रायले ३४९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा कांग्रेसकै यादवले ४३९१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार सुनिता देवी यादवले ३४०० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शंकर राज लुईटेलले जानकारी दिनुभयो । हरिपुर्वा नगरपालिकामा ९ वटा वडा रहेको छ ।

विष्णु गाउँपालिका
सर्लाहीको विष्णु गाउँपालिकामा पनि नेपाली कांग्रेसकै जित भएको छ । नेपाली कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार जवाहरलाल यादवले ३२११ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा जन्ता समाजवादी पाटी,नेपालका उम्मेदवार विजय कुमार यादवले भने ३०८० मत प्राप्त गर्नुभएको छ । यादव २०७४ मा पनि स्थानिय तह निर्वाचनमा विष्णु गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।त्यस्तै उपाध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार उषा देवीले २९४९ मत प्राप्त गरेर विजयी हुनुभएक छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टी, नेपालका उम्म्ेदवार सुनिता देवी जयसवालले २४७० मत प्राप्त गर्नुभएको छ ।
पर्सा गाउँपालिकामा
सर्लाहीको पर्सा गाउँपालिकामा पनि नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा धिरेन्द्र राय र उपाध्यक्षमा नुतन देवी निर्वाचित हुनु भएको छ । अध्यक्ष रायले २४६६ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार दिनेश कुमार यादवले १८५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा कांग्रेसकै नुतन देवीले २०३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार नसरुल खातुले १९४१ मत प्राप्त गर्नुभएको पर्सा गाउँपालिकाका निर्वाचन अधिकृत संतोष कुमार झाले जानकारी दिनुभयो । पर्सा सँगै सर्लाहीमा नेपाली कांग्रेसले हरिपुर, धनकौल,कौडेना,ब्रह्म्पुरी, हरिपुर्वा र विष्णु गाउँपालिका गरी ७ पालिका जितेको छ भने रामनगर गाउँपालिका र बलरा नगरपालिका गरी दुई वटा पालिका माओवादी केन्द्रले जितेको छ ।

मलंगवा नगरपालिका
सर्लाही,४ जेठ । सर्लाहीको मंलगवा नगरपालिकामा पनि नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट मेयर पदमा नागेन्द्र प्रसाद यादव र उपमेयरमा शकुन्तला देवी साह निर्वाचित हुनु भएको छ । आज विहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार निरश्ल साहले ४ हजार ६ सय ३९ मत मात्र प्राप्त गर्नुभयो । त्यस्तै उपप्रमुखमा कांग्रेसकै साहले ५ हजार १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पानो देवीले ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको सर्लाही जिल्लाका मुख्य निर्वाचन अधिकृत धुव्र पियाले जानकारी दिनुभयो । कांग्रेसका उपमेयर जम्मा ४ मतले विजयी भएको छ ।
मलंगवा सँगै हालसम्ममा सर्लाहीमा नेपाली कांग्रेसले पर्सा,हरिपुर, धनकौल,कौडेना,ब्रह्म्पुरी, हरिपुर्वा र विष्णु गाउँपालिका गरी ८ पालिका जितेको छ भने रामनगर गाउँपालिका र बलरा नगरपालिका गरी दुई वटा पालिका माओवादी केन्द्रले जितेको छ । सर्लाहीको २० पालिका मध्ये १० पालिकाको नतिजा सार्वजनिक भएको छ भने १० पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी रहेको छ । सर्लाहीमा भने कांग्रेस र माओवादी बाहेक अन्य पार्टीले अहिले सम्म खाता खोल्न सकेको छैन ।

कौडेना गाउँपालिका
सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनु भएको छ । गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५२८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार राजिनन्दन प्राद चौधरीले २४८१ मत प्राप्त गर्नुभएको कौडैनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिनुभयो । त्यस्तै उपप्रमुखमा नगिना देवीले ४९६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पलवी देवी यादवले २६६२ मत प्राप्त गर्नुभएको थियो । कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ जस मध्ये वडा नं. १, २,४,५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ भने वडा नं.७ मा राष्ट्रिय प्रजातन्त्र पाटी, वडा नं. ६ मा ओवादी केन्द्र, वडा नं. ३ मा जन्ता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु निर्वाचित भएको छ ।
धनकौल गाउँपालिका
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी दोश्रो कार्यकालको लागि विजयी हुनुभएको छ । नवनिर्विाचित साह र सहनी स्थानिय तह निर्वाचन २०७४मा पनि नेपाली कांग्रेस बाटै विजयी हुनुभएको थियो । यो दाश्रो कार्यकाल रहने छ । साहले ४४७७ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सहनीले ४५०४ मत प्राप्त गरी निवार्चित हुनुभएको छ । गाउँपालिका अध्यक्ष साहकोे निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार फकिरा महतोले ३३७८ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष सहनीका निकटतम् प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार निलमकुमारी देवी सहनीले ३२२५ मत प्राप्त गर्नुभएको थियो । एमालेका उम्मेदवार अजय कुमार सिंहले भने १६०७ मत प्राप्त गरेको थियो भने उपाध्यक्षमा रमिता कुमारी यादवले १६०३ मत प्राप्त प्राप्त गरी तेस्रो स्थान प्राप्त गरेको छ ।
हरिपुर नगरपालिका
सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको जित भएको छ । नेपाली कांग्रेस बाट नगर प्रमुखका उम्मेदवार गोपाल पजियारले ६९३८ मत प्राप्त गरी बिजय हुनुभएको छ । उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३८८६ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५५५२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाको निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्म्ेदवार शिला कार्कीले ४०७६ मत प्राप्त गर्नुभएको छ । नौ वटा वडा रहेको हरपिुर नगरपालकिामा वडा नम्बर १र ३,माओवादी २ र ४ मा एमाले ५,६ ७ काँग्रेस ८,९ मा एकीकृत समाजवादीका वाडाध्यक्ष वजियी भएका छन् ।
ब्रह्म्पुरीमा गाउँपालिका
सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामपदार्थ साह र उपाध्यक्षमा श्यामकला देवी यादव विजयी भएका छन । गाउँपालिका अध्यक्षमा साहले ४ हजार ६ सय ६८ मत ल्याएर बिजयी भएका छन भने उपाध्यक्षमा श्यामकला यादवले ४हजार ६ सय १० मत ल्याएर विजयी भएकी छन । साहका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार बिनोद कुमार साहले ३ हजार २ सय ७१ मत प्राप्त गरे भने उपाध्यक्ष साहको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीबाट उपाध्यक्ष पदका उम्मेदवार गिता देवी रायले भने ३ हजमर ३ सय ११ मत प्राप्त गरेकी ब्रह्म्पुरी गाउँपालिकाका निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिनुभयो । ब्रह्म्पुरी गाउँपालिकाको सम्पूर्ण वडा अध्यक्ष नै नेपाली कांग्रेसले जितेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

दुई पालिकामा माओवादीको जित
बलरा नगरपालिका
सर्लाहीको बलरा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) ले जित निकालेको छ । बलरामा माओवादी केन्द्र बाट नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहा र उपप्रमुखमा कोशिला देवी निर्वाचित भएको छ । नगर प्रमुखमा कुशवाहाले ४६४३ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार अभय कुमार सिंहले ३६३१ मत प्राप्त गर्नुभएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिनुभयो । त्यस्तै उपप्रमुखमा कोशिला देवीले ४३५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार रागनी देवीले ३७४० मत प्राप्त गर्नुभएको थियो । बलरा नगरपालिकामा ११ वटा वडा रहेको छ जस मध्ये ७ वटा वडामा नेपाली कांग्रेसको उम्मेदवारहरु निर्वाचित भएको छ, ३ वटा वडामा माओवादी केन्द्रका वडा अध्यक्षहरु निर्वाचित भएको छ भने एउटा वडामा लोसपाका उम्मेदवार निर्वाचित हुनुभएको निर्वाचन अधिकृत यादवले जानकारी दिनुभयो ।

रामनगर गाउँपालिका
सर्लाहीको रामनगर गाउँपालिकामा सर्लाहीकै सबैभन्दा कान्छा गाउँपालिका अध्यक्षमा राजा बाबु यादव विजयी भएको छ । यादव २२ वर्षिय युवक हुन । यादवले ४ हजार ८१ मत ल्याएर बिजय हुनुभएको रामनगर गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिनुभयो । यादवका निकटतम् प्रतिद्वन्द्वी आफनै काका नेपाली कांग्रेसका उम्मेदवार हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरे । राजाबाबुको रामनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका आफ्नै काकालाई पराजित गरेको छ ।त्यस्तै रामनगर गाउँपालिकको उपाध्यक्षमा माओवादी केन्द्रकै उम्मेदवार गिता देवीले ३५२३ मत ल्याएर विजयी हुनुभएकी छन । उहाकै निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कोशिला साहले २६३७ मत प्राप्त गरे । राजाबाबु माओवादी नेता शिवपुजन रायका जेठा छोरा हुन् । २०७४ सालमा क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएपनि रातो पासपोर्ट काण्डका कारण निर्वाचन आयोगबाट शिव पुजन रायको उम्मेद्वारी खारेजीमा परेको थियो । रामनगर गाउँपालिका गरी सर्लाहीमा तिन पालिकाको नतिजा सार्वजनिक भएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.