१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बलरामा माओवादी बाट नगर प्रमुख र उपप्रमुखमा कुशवाहा र कोशिला देवी विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

बलरामा माओवादी बाट नगर प्रमुख र उपप्रमुखमा कुशवाहा र कोशिला देवी विजयी

सर्लाही,३ जेठ ।सर्लाहीको बलरा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र) ले जित निकालेको छ । बलरामा माओवादी केन्द्र बाट नगर प्रमुखमा रामाशंकर प्रसाद कुशवाहा र उपप्रमुखमा कोशिला देवी निर्वाचित भएको छ ।

आज बिहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा कुशवाहाले ४६४३ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार अभय कुमार सिंहले ३६३१ मत प्राप्त गर्नुभएको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुखमा कोशिला देवीले ४३५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार रागनी देवीले ३७४० मत प्राप्त गर्नुभएको थियो ।

यो सँगै सर्लाहीमा माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ भने नेपाली कांग्रेसले भने दुई वटा गाउँपालिका र एउटा नगरपालिका गरी तिन पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.