१५ चैत्र २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
ब्रह्म्पुरीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका साह र यादव विजयी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

ब्रह्म्पुरीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका साह र यादव विजयी

सर्लाही,२ जेठ । सर्लाहीमा फेरी कांग्रेसले ब्रह्म्पुरी गाउँपालिकामा जित निकालेको छ । सर्लाहीको ब्रह्म्पुरी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार रामपदार्थ साह र उपाध्यक्षमा श्यामकला देवी यादव विजयी भएका छन ।

गाउँपालिका अध्यक्षमा साहले ४ हजार ६ सय ६८ मत ल्याएर बिजयी भएका छन भने उपाध्यक्षमा श्यामकला यादवले ४हजार ६ सय १० मत ल्याएर विजयी भएकी छन ।

साहका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार बिनोद कुमार साहले ३ हजार २ सय ७१ मत प्राप्त गरे भने उपाध्यक्ष साहको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीबाट उपाध्यक्ष पदका उम्मेदवार गिता देवी रायले भने ३ हजमर ३ सय ११ मत प्राप्त गरेकी ब्रह्म्पुरी गाउँपालिकाका निर्वाचन अधिकृत केशव गौतमले जानकारी दिनुभयो ।ब्रह्म्पुरी गाउँपालिकाको सम्पूर्ण वडा अध्यक्ष नै नेपाली कांग्रेसले जितेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

यो सँगै सर्लाहीमा २० पालिका मध्ये ४ पालिकाको नतिजा सार्वजनिक भएको छ । ४ पालिका मध्ये हरिपुर नगरपालिकामा नेपाली कांग्रेस बाट गोपाल पजियार, धनकौल गाउँपालिकामा रामआश्रय साह र रामनगर गाउँपालिकामा माओवादी केन्द्र बाट राजाबाबु यादव बिजयी भएका छन । सर्लाहीमा कांग्रेसले जितेको पालिकाको संख्या ३ र माओवादी केन्द्रले जितेको पालिका सख्या १ रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.