१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
कौडेनामा अध्यक्ष,उपाध्यक्षमा रुपेश कुमार र नगिना देवी विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

कौडेनामा अध्यक्ष,उपाध्यक्षमा रुपेश कुमार र नगिना देवी विजयी

राकेश गुप्ता
सर्लाही,३ जेठ ।सर्लाहीको कौडेना गाउँपालिकामा नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट गाउँपालिका अध्यक्षमा रुपेश कुमार यादव र उपाध्यक्षमा नगिना देवी निर्वाचित हुनु भएको छ ।

अहिले भरखरै सम्पन्न मतगणानाको परिणाम अनुसार गाउँपालिका अध्यक्षमा रुपेश कुमारले ५२८१ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार राजिनन्दन प्राद चौधरीले २४८१ मत प्राप्त गर्नुभएको कौडैनाका निर्वाचन अधिकृत विश्वनाथ अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै उपप्रमुखमा नगिना देवीले ४९६३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पलवी देवी यादवले २६६२ मत प्राप्त गर्नुभएको थियो ।

कौडेना गाउँपालिकामा ७ वटा वडा रहेको छ जस मध्ये वडा नं. १, २,४,५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ भने वडा नं.७ मा राष्ट्रिय प्रजातन्त्र पाटी, वडा नं. ६ मा ओवादी केन्द्र, वडा नं. ३ मा जन्ता समाजवादी पार्टी नेपालका वडा अध्यक्षहरु निर्वाचित भएको छ । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले भने तिन वटा गाउँपालिका र एउटा नगरपालिका गरी ४ पालिका जितेको छ भने माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता खोलेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.