२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मलंगवा नगरपालिकामा कांग्रेसकै मेयर र उपमेयर विजयी – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

मलंगवा नगरपालिकामा कांग्रेसकै मेयर र उपमेयर विजयी

सर्लाही,४ जेठ । सर्लाहीको मंलगवा नगरपालिकामा पनि नेपाली कांग्रसले जित निकालेको छ । कांग्रेसबाट मेयर पदमा नागेन्द्र प्रसाद यादव र उपमेयरमा शकुन्तला देवी साह निर्वाचित हुनु भएको छ ।

आज विहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा यादवले ९ हजार ७८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार निरश्ल साहले ४ हजार ६ सय ३९ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै साहले ५ हजार १ सय ४३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम् प्रतिद्वन्द्वी जन्ता समाजवादी पार्टीका उम्मेदरवार पानो देवीले ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको सर्लाही जिल्लाका मुख्य निर्वाचन अधिकृत धुव्र पियाले जानकारी दिनुभयो । कांग्रेसका उपमेयर जम्मा ४ मतले विजयी भएको छ ।

मलंगवा सँगै हालसम्ममा सर्लाहीमा नेपाली कांग्रेसले पर्सा,हरिपुर, धनकौल,कौडेना,ब्रह्म्पुरी, हरिपुर्वा र विष्णु गाउँपालिका गरी ८ पालिका जितेको छ भने रामनगर गाउँपालिका र बलरा नगरपालिका गरी दुई वटा पालिका माओवादी केन्द्रले जितेको छ । सर्लाहीको २० पालिका मध्ये १० पालिकाको नतिजा सार्वजनिक भएको छ भने १० पालिकाको नतिजा अझै सार्वजनिक हुन बाँकी रहेको छ । सर्लाहीमा भने कांग्रेस र माओवादी बाहेक अन्य पार्टीले अहिले सम्म खाता खोल्न सकेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.