२९ बैशाख २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरियो,३० सवारी धनीलाई कार्वाही – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरियो,३० सवारी धनीलाई कार्वाही

सर्लाही,४ असार । यातायात कार्यालय बर्दिवासले सर्लाहीमा ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरेको छ । शनिवार यातायात कार्यालय बर्दिवासको नेतृत्वमा,जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको संयुक्त रूपमा छड्के सडक अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासले जनाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित फुलजोर,लालबन्दी नगरपालिका स्थित नवलपुर र हरिवन नगरपालिका स्थित नयाँरोड र हरिपुर नगरपालिका स्थित हरिपुर सडक खण्डमा समेत अनुगमन गरिएको यातायात कार्यालय बर्दिवासका सूचना अधिकारी दिलिप थापाले जनाएको छ । अनुगमको क्रममा सवारी नियम विपरित सवारी संचालन गर्ने ३० सवारी धनीलाई कार्वाही गरिएको छ ।

प्रयोजन विपरित–५, क्षमता भन्दा अधिक भार वहन २,नं.प्लेट नराखी सवारी संचालन–१,सिट बेल्टको प्रयोग नगरेकोमा–५,सवारी चालक अनुमती पत्र नबोकी सवारी चलाएकोमा–८,बाटो ईजाजत नभएको–७,लापरवाही पुर्वक सवारी संचालन गरेको–३ गरी ३० जना सवारी धनीलाई कार्वाही गरिएको हो ।

यस्तै ३ सय ५० वटा सवारी साधनलाई सचेत गराइएको छ भने करिब ७ सय ५० सवारी साधनको छड्के सडक अनुगमन गरिएको सूचना अधिकारी थापाले बताउनुभयो । यस्तै अनुगमनको क्रममै संचारकर्मी सँग कुराकानी गर्दै यातायात कार्यालय बर्दिवासका प्रमुख पोषण थापाले सवारी धनीहरुलाई सवारी सम्बन्धी कागजातहरु साथमा बोकी सवारी साधन नियमको पालना गरि दिनुहुन आग्रह समेत गर्नुभयो ।

सवारी साधनको छड्के सडक अनुगमनमा यातायात कार्यालय प्रमुख थापा, सवारी शाखा प्रमुख संजिप चौलागाई, सवारी चालक अनुमती पत्र शाखा प्रमुख संजय खतिवडा र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.