११ आश्विन २०८०, बिहीबार | Email:- [email protected] | [email protected]
बहुजन एकता पार्टी लडाइको लागी तैयार रहेको नेता पासवानको टिप्पणी – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिस्थानीय

बहुजन एकता पार्टी लडाइको लागी तैयार रहेको नेता पासवानको टिप्पणी

सर्लाही,२९ श्रावन । बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता तथा राष्ट्रिय संगठन प्रभारी राजाराम पासवानले बहुजन एकता पार्टी बहुजन समाजको अधिकारको लडाइ लडन तयार रहेको टिप्पणी गरेका छन । आइतवार कविलासी नगरपालिका स्थित पिपरियामा बहुजन एकता पार्टी नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्ध गर्नु हुदैँ वरिष्ठ नेता पासवानले जब सम्म बन्चित समाजको हक,अधिकार सुनिस्चित हुँदैन ,तव सम्म बहुजन एकता पार्टी नेपाल संपुर्ण लडाइको लागी तैयार रहेको बताए ।

पासवानले गरिब माथी हुने हत्या हिंसा एवं बलात्कारको प्रमुख कारण नश्लवादी चिन्तन एवम जातिवादी हावी राजनीतिक सत्ता रहेको बताए । बहुजन समभाथ बर्षौ देखि विभिन्न अधिकार बाट बञ्चित रहेको छ, कति पय माग सरकारले पुरा गरेको छ भने कतिपय अझै बाकीँ भएको हुदाँ त्यो अधिकार प्राप्तीका लागि बहुजन एकता पार्टी नेपाल अधिकारको लडाई लडन तयार रहेको वरिष्ठ नेता पासवानले मनत्बय राखेका थिए ।

अकलु मन्डलको अध्यक्षतामा सुरु गरिएको प्रशिक्षण कार्यक्रममा नेताहरुले पार्टीको निति , सिद्धांत ,रणनीति बारे ,बहुजन बिचारधारा अधारित समता ,स्वतन्त्रता ,भाइचारा एवं बन्धुत्वको माध्यमले समाज जागृत गराइ बहुजन बन्चित समाजलाई शासक बनाउन हरेक टोल ,गाउँ ,बस्ती बस्तीमा बिचार प्रचार एवं संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.