१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा भदौ ७ देखि बालबालिकालाई फाईजर खोप दिईने – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा भदौ ७ देखि बालबालिकालाई फाईजर खोप दिईने

सर्लाही,३ भदौ ।सर्लाहीमा भदौ ७ गते ५वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाईजर खोप दिईने भएको छ । स्वास्थ कार्यलय सर्लाहीको आयोजना तथा वर्लड भिजन ईनटरनेशनल नेपाल र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रको समन्वयमा आयोजित कार्यक्रममा सदरमुकाम मलंगवामा यस्तो जानकारी दिइएको हो ।

५वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाईजर बायोएनटेक खोप बारे अभिमुखीकरण कार्यक्रम स्वास्थ्य कार्यलय प्रमुख नवल किशोर झाले सर्लाहीमा भदौ ७ गते देखि १० गते सम ५वर्ष देखि १२ वर्षमुनिका बालबालिकालाई फाईजर खोप दिईने बताउनुभयो ।सर्लाहीमा १ लाख ६२ हजार जना बालबालिकालाई खोप दिईने लक्ष्य रहे पनि हाल १ लाख ४० हजार बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य कार्यलय प्रमुख झाले जानकारी दिनुभयो ।

सर्लाहीमा ४६० खोप केन्द्र रहने छ । कार्यालय प्रमुख डा. झाका अनुसार लक्षित उमेर समूहका दुई सय जना विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र कायम गरिने छ । दुई सय बालबालिका नरहेका विद्यालयको हकमा भने सो विद्यालयका बालबालिकालाई नजिकै अर्को विद्यालयमा राखिएको खोप केन्द्रमा लगेर खोप लगाइने छ ।

बालबालिकालाई भाइजर खोप लगाउन जिल्लाका २० पालिकामा ८०० स्वास्थ्यकर्मी र ५०० शिक्षक परिचालन हुने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर रामदुलार यादवले जानकारी दिनुभयो । सर्लाहीमा अन्य उमेर समूहका मानिसले भने खोप अभाव रहेकाले चाहेर पनि कोरोनाविरुद्धको खोप लगाउन पाइरहेका छैनन् । कोरोना सङ्क्रमण पुनः बढ्न थालेपछि अहिलेसम्म खोप नलगाएकाले खोप लगाउन चाहेका तर जिल्लामा मौज्दात खोप नै नरहेको स्वास्थ्य कार्यालय मलङ्गवाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.