१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बरहथवामा क्षमता विकास तथा नेतृत्व हस्तान्तरण गोष्ठी सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशस्थानीय

बरहथवामा क्षमता विकास तथा नेतृत्व हस्तान्तरण गोष्ठी सम्पन्न

सर्लाही,१८ भदौ । सर्लाहीको बरहथवामा माकुरा समूहको क्षमता विकास तथा नेतृत्व हस्तान्तरण सम्बन्धी तीन दिने गोष्ठी सम्पन्न भएको छ ।वरहथवा नगरपालिकाको सहयोगमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले बरहथाव नगरपालिकाको सभाहलमा विहीबारदेखि सुरु गरेको गोष्ठी शनिवार सकिएको हो ।

गोष्ठीमा बरहथवा नगरपालिका वडा नम्बर १८ का भूमिहीन दलित सुकुम्वासी र जग्गाधनी किसानहरुविच भएको जग्गा सम्बन्धि द्वन्द्वको पक्ष तथा सरोकारवालाहरु वाट छनोट भएर आउनु भएको ९ जना माकुरा समूहका सदस्यहरुको सहभागिता रहेको थियो । गोष्ठीको सहजिकरण प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको राष्ट्रिय श्रोत ब्यक्ति पार्वती विश्वकर्मा, जिल्ला सहजकर्ता गंगा बहादुर विश्वकर्मा र प्रज्ञा सापकोटा ज्यूले गर्नुभएको थियो ।

विहिबार अनऔपचारिक रुपमा सुरु भएको गोष्ठीको शनिबार औपचारिक रुपमा समापन गरिएको प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका स्रोत व्यक्ति पार्वती विश्वकर्माले बताउनुभयो ।

माकुरा समूहको सदस्य बिसाल कुमार महतोको अध्यक्षता तथा बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालको प्रमुख आतिथ्यतामा समापन गरिएको कार्यक्रमको सञ्चालन भने केन्द्रका सहजकर्ता गंगाबहनदुर विश्वकर्माले गर्नुभएको थियो ।
गोष्ठीको समापन कार्यक्रममा बरहथवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम थापा, वडा नम्बर १८ का वडाअध्यक्ष अरविन्द कुमार राय लगायत अतिथी रहनुभएको थियो भने पक्ष तथा सरोकारवालाहरुको सहभागि रहनु भएको थियो । सो अवसरमा सहभागिहरुको तर्फबाट रुपेश कुमार राय र राजगिर रायले तीन दिनसम्म तालिममा सिकेका कुराहरु मन्तब्य मार्फत ब्यक्त गर्नु भएको थियो ।

गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी एवम बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवालले सहभागिहरुलाई कार्यसफलताको शुभकामना दिनुभयो । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न उहाँले सुझाव दिनुभयो । वडा नम्बर १८ का भूमिहीन दलित सुकुम्वासी र जग्गाधनी किसानहरुविचको द्वन्दलाई दुवै पक्षले जीतको महसुस हुनेगरी द्वन्द रुपान्तरणमा सहभागिहरुको सकारात्मक भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

‘प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रले जुन नेतृत्व हस्तान्तरण गरेको छ । त्यसलाई यहाँहरुले कुशलता पूर्वक व्यवहारमा उतार्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।,’ मेयर कटुवालले भन्नुभयो ।समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख रामबाबु प्रसाद साहले समाजमा द्वन्द हुने र त्यसको समाधान पनि हुने बताउनुभयो ।

प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालले सञ्चालन गरेको कार्यक्रम असाध्यै राम्रो र उपयोगी भएको भन्दै यसले समाजमा हुने द्वन्द रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम थापालगायतले पनि धारणा राख्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.