१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मिटरब्याजी बाट पीडितलाई न्याय दिलाउँन सरकारले कानुन संसोधन गर्नुपर्छ : एमालेका युवा नेता महतो – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

मिटरब्याजी बाट पीडितलाई न्याय दिलाउँन सरकारले कानुन संसोधन गर्नुपर्छ : एमालेका युवा नेता महतो

काठमाडौं । नेकपा एमालेका युवा नेता शंकर महतोले मिटरब्याजीलाई जेलमा कोच्न नयाँ कानूनको आवश्यक रहेको बताएका छन् । उनले सुदखोरबाट पीडित भएका गरिब, किसान र मजदुरहरुलाई न्याय दिलाउँन सरकारले कानुन संसोधन गर्नु पर्नेमा बताएका छन् ।

काठमाडौंको माइतिघर मण्डलामा ३२ दिनदेखि लागातर जारी रहेको मिटरब्याजी बिरुद्धको आन्दोलनमा एकेबद्धता जनाउँदै नेता महतोले सुदखोरहरुको पक्षमा रहेको कानुन संसोधन नभए पीडितहरुले न्याय नपाउने बताए ।

‘नेपालको कानुन महाजनकै पक्षमा अहिले पनि छ । यसले गर्दा हजारौं—हजार मजदुर, किसानहरु परेशानमा छन् । सरकारकै कानुनबाट पनि पीडित छन् । कानुन संसोधन नगरिकन पीडितले न्याय पाउन सक्दैन’, उनले भने ।

बिगत् तीन बर्षदेखि मिटरब्याजी, जालीतमसुक र ठगी बिरुद्धको आन्दोलन गाउँ, जिल्ला, प्रदेश हुँदै ३२ दिनदेखि काठमाडौंका जारी छ । साहुको भेषमा सुदखोरहरुले गरिब, निमुखा र मजदुरमाथि अन्याय, अत्याचार गरिहेको नेता महतो बताए ।
‘सरकारले झरो टार्नका लागि कार्यदल बनाएको छ । जुन कार्यदललाई कुनै अधिकारै छैन’, उनले भने ।

गृहमन्त्रालयले जिल्ला प्रशान कार्यालयमा पत्र पठाएर पीडकसंग पीडितलाई मिलापत्र गराउन लागेको बताउँदै उनले यस्ता गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गराउन नहुने उनले बताए । ‘यस समस्याबाट हजारौ, हजार घरपरिवार यसबाट पीडत छन् । सरलक्क एउटा शब्दमा मिटरब्याजी भनेर पुग्दैन । यसमा फरक खालमा प्रवृत्तिहरु छन्’, उनले भने ।

मन्छेको दुःखमा बिटरब्याजीले पीठा थप्दै आएका छन् । एमाले नेता महतोका अनुसार, मिटिरब्याजीहरुले गरिबहरुलाई झुक्याएर एक लाख लिएको छ भने दश लाख सम्मको नक्कली कपाली कागज बनाउँछन् । तमसुक बनाएकै आधारमा पीडतहरुसंग ब्ल्याक मेलिङ गर्छन् । र अदालतमा मुद्दा हालेर असुल उपर गर्ने वा उसको जयजेथाबाट असुल उपर गर्दै आएका छन् । सुखदधोरले भने जति पैसा नतिरे जेल पठाउने कार्य गर्दै आइरहेका छन् । यसकै आवरणमा उनीहरुले भित्रपट्टीबाट थुप्रै खालका अन्याय गर्दै आइरहेका छन् ।

साहुहरुले ऋण दिएर ऋणीसंग भएको सबै सम्पत्ति (जग्गाजमिन) पास गराएर दिएको ऋण भन्दा बीस गुणाको कागज बनाउने अर्को डर लाग्दो प्रवृत्ति रहेको नेता महतोले बताए ।

उनले भने, ‘मान्छेलाई रकमको आवश्यक परेको हुन्छ, विमारी पर्दा, किरिया गर्नु परे, विहेबारी या छोराछोरीलाई पढाउनु पर्दा वा विदेश पठाउनु पर्दा । साहुहरुले पैसा दिन्छन् तर, दिएको भन्दा २० गुणा भन्दा बढीका सम्पत्ति रजेष्टेशन गराउँछन् । ऋणीले रकम फर्काउँदा पनि साहुले पास गराएको जग्गाजमिन फर्काउँदैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.