११ चैत्र २०८०, आईतवार | Email:- [email protected] | [email protected]
हरिवनमा मेयर उपमेयरमा एमालेको अग्रता कायमै – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

हरिवनमा मेयर उपमेयरमा एमालेको अग्रता कायमै

सर्लाही ।। सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेले दोब्बरभन्दा बढी मतले अग्रता कायम गरेको छ । वडा नम्बर १, २ र ३ को मत गणना सकिँदा सम्म मेयरमा एमालेका गणेश प्रसाद प्रसाईंले २१३२ मतसहित लिड गरिरहेका छन् भने उपमेयरमा पनि एमालेकै हरिमाया घलानले २२०३ मतसहित लिड गरिरहेकी छन् ।
हरिवनमा एकीकृत समाजवादी पार्टीले मेयरमा एमालेलाई पछ्याई रहेको छ भने उपमेयरमा नेपाली काँग्रेसले पछ्याई रहेको छ । मेयरमा समाजवादीका सुरेन्द्र लामाले १०४२ मतसहित प्रसाईलाई पछ्याएका हुन् भने काँग्रेसकी सोनी बम्जनले १४५१ मतसहित उपमेयरमा घलानलाई पछ्याएकी हुन् ।
त्यस्तै मेयरमा माओवादी केन्द्रका रमेश बुढाथोकी(रमेश) १०१० मतसहित तेश्रो नम्बरमा छन् भने काँग्रेसका रामप्रसाद मैनाली ८३८ मतसहित चौथो नम्बरमा छन् ।
त्यस्तै उपमेयरमा माओवादी केन्द्रकी पदमा मोक्तान ८७७ मतसहित तेश्रो नम्बरमा छिन् भने एकीकृत समाजवादीकी सीता थापा ६३५ मतसहित चौथो नम्बरमा छिन् ।
हरिवनमा अहिलेसम्म ३ ओटा वडाको मत परिणाम सार्वजनिक भईसकेको छ । जसमध्ये नेपाली काँग्रेस वडा नम्बर १ र २ मा विजयी भएको छ भने वडा नम्बर ३ मा एमाले विजयी भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.