१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल(क्रान्तिकारी) ! – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचार

चुनाव लक्षित संरचना निर्माण गर्दै अखिल(क्रान्तिकारी) !

काठमाडौ ,भाद्र २१ ।माओवादी (केन्द्र) निकट बिध्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले चुनाव लक्षित संरचना ‘क्रान्तिकारी फोर्स’ गठन गर्ने भएको छ ।

भदौ २२ गते बिहान १० बजे रास्ट्रिय सभागृहमा पार्टी अध्यक्ष प्रचण्डको उपस्थितिमा उद्घाटन हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भइसकेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष अमरजंग शाहीले जानकारी दिए ।

मंशिर ४ मा सम्पन्न हुने संघ र प्रदेशको निर्वाचनका दौरान संगठनको परिचालनलाई देशब्यापी व्यबस्थित र प्रभावकारी बनाउन अखिल(क्रान्तिकारी)ले बिशेष संरचना निर्माण गर्न लागेको हो।
‘क्रान्तिकारी फोर्स’ अखिल(क्रान्तिकारी) केन्द्रिय समिति मातहत रहने नयाँ संरचना हुने उपाध्यक्ष शाहीले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष पञ्चा सिंह सहित केन्द्रिय पदाधिकारीहरु , प्रदेश पदाधिकारीहरु सहित मुलुकभरका सबै तहका नेता कार्यकर्ताहरुको प्रतिनिधिमलक सहभागीता रहने उपाध्यक्ष शाहीले जनाकारी दिए !

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.