१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जस्मिन थापा मगर प्रदेश नं. २ डान्स आइडलको विनर बनिन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्य कलास्थानीय

जस्मिन थापा मगर प्रदेश नं. २ डान्स आइडलको विनर बनिन

सर्लाही,२३ भदौ । सर्लाहीको लालबन्दी नगरपालिकामा असंथुपिका कला केन्द्रले संचालन गरेको प्रदेश नं. २ डान्स आइडल बुधवार राती सम्पन्न भएको छ । प्रदेश नं. २ डान्स आइडलको विनर बर्दिवास निवासी जस्मिन थापा मगर बनेकी छन भने दोस्रो महेन्द्र नगर–धनुषाकी बिधिका श्रेष्ठ, तेस्रो सराहा भूल्केकी निर्जला गदाइलि बनेकी छन ।प्रदेश नं. २ डान्स आइडलका मगर विनर बनेपछी विकल्प कन्ट्रक्सन एण्ड सप्लयर्सले पुरस्कार स्वरुप स्कुटी प्रदान गरेको छ ।

यसैगरी दोश्रो स्थान ल्याकी बिधिका श्रेष्ठलाई स्काई कम्प्युटर सेन्टर लालबन्दीले ल्याप्टप प्रदान गरेको छ, भने तेस्रो स्थान ल्याएकी गदाइलिलाई सर्लाही टिभि घर लालबन्दीले फ्रिज प्रदान गरेको आयोजक संस्था असंथुपिका कला केन्द्रले जनाएको छ । त्यस्तै चौथो स्थान महेन्द्रनगर धनुषाका सुमित मिश्र र पाँचौं स्थानमा बर्दिवास बाट अविना पुलामी मगर ल्याएका छन् । प्रदेश नं. २ डान्स आइडल प्रतियोगितमा गायक प्रकाश तिमल्सिनाको पनि बेजोड प्रस्तुती रहेको थियो।

विणा चलचित्र मन्दिर लालबन्दीको हलमा संचालन गरिएको प्रदेश नं. २ डान्स आइडलको अध्यक्षता भने दिपक आले मगरले गरेका थिए भने कार्यक्रम संचालन लक्ष्मी गुरुङ्गले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि मधेश प्रदेश क्षेत्र न. १ (ख ) बाट निर्वाचिन प्रदेश सभा सदस्य बेची लुङ्गेली हामीले आफनो सँस्कृती कला चिन्न सकेका छैन । हामीले आफनो क्षेत्रको कलालाई प्रवद्रधन गर्नुपर्नेछ । हामीले विभिन्न प्रतिभाको युवा युवती जन्माएका छौ तर संरक्षण छैन । ति प्रतिभाहरुलाई संरक्षण गर्न यहि चालु आवमा लालबन्दी साँस्कृतिक कला घरको लागि बजेट छुटयाईसकेका छौ ।अब सबै सुविधा सहितको लालबन्दी कला घर निर्माण हुने उहाले बताउनुभयो ।

वरिष्ठ नृत्य निर्देशक कमल राईले युवाहरूमा अहिले अनुशासनको कमि भएको बताए ।उहाले नृत्य क्षेत्रमा युवाहरूले अनुशासन कायम गर्यो भने धेरै फन्को हान्ने बताउनुभयो ।

यसैगरी सांस्कृति संस्थान ( राष्ट्रिय नाच घर) का निवर्तमान महाप्रबन्धक राजेश थापा मगरले सर्लाहीमा एउटा साँस्कृतिक भवनको आवश्यकता रहेको बताउनुभयो । साउण्ड सिस्टम दमक बाट ल्याएको अवस्था छ ।सर्लाहीमा राम्रो साउण्ड सिस्टम भए राम्रो हुने थापाले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.