१७ चैत्र २०७९, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विभिन्न परियोजनाहरुको संयुक्त रुपमा अनुगमण गरियो – Nigrani Today
प्रदेश २समाचारसमाजस्थानीय

विभिन्न परियोजनाहरुको संयुक्त रुपमा अनुगमण गरियो

सर्लाही,२३ भदौ । सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा जिल्लाका विभिन्न पदाधिकारीहरुको उपस्थितिमा विभिन्न परियोजनाहरुको संयुक्त रुपमा अनुगमण गरिएको छ । वर्लड भिजन इन्टरनेशनल नेपालको सहयोगमा वागमती सेवा समाज नेपाल र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रले पर्सामा र हरिपुर्वा नगरपालिकामा संचालन गरेको विभिन्न परियोजनाहरुको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहितको टोलीले संयुक्त रुपमा बिहिवार अनुगमन गरेको छ ।

प्रजिअ गौतम, जिल्ला प्रहरी प्रमुख प्रविण पोखरेल,जिल्ला समन्वय समिति उप प्रमुख जितेन्द्र कुमार महतो, र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्रकी अध्यक्ष गायत्री महतो ,वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की,जनता मावि र्पसाको प्रअ राजकिशोर राय, वडा नम्बर ५ को वडाध्यक्ष अनिल कुमार यादव, सहित टोलीले वालबिबाह, बालमैत्री, वाल संजाल तथा सिकाइ परियोजनाहरुको संयुक्तरुपमा जिल्ला स्तरिय अनुगमा गरेको आयोजक संस्थाले जनाएको छ ।

जनता मा वि पर्सा ५ को तालिम हलमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा वागमति सेवा समाज नेपालका कार्यक्रम सयोंजक प्रमेश बडेले हरिपुर्वा नगरपालिका तथा पर्सा गाउपालिकामा विगतमा संचालन भएको विभिन्न तालिम, अति जोखिममा परेको वालवालिकालाई समाग्री बितरण,पालिका स्तरिय बालमैत्री तथा बाल संजाल गठन, विद्यालय पोषण तथा तालिम,किशोरीहरु लाई प्रजनन तालिम,घटना व्यवस्थापन तालिम सहितको कार्यक्रम गरेको बताउनुभयो । उहाले यि कार्यक्रमबाट बालबालिकामा राम्रो बिकास भएको बताउनुभयो ।

त्यसतै आर आर पिके बाट सिकाइ परियोजनाको कार्यक्रम संयोजक नागेन्द्र साहले कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो । अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित बालबालिकाले यस्ता तालिम तथा कार्यक्रमहरु बाट हामी निकै नै प्रभावित भएको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको अपेक्षा राखेको पिंकी शर्माले वताइन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.