१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
नगर प्रमुख आचार्यले गरे आर्थिक रुपले विपन्न विरामीलाई लाखौ सहयोग – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारस्थानीय

नगर प्रमुख आचार्यले गरे आर्थिक रुपले विपन्न विरामीलाई लाखौ सहयोग

सर्लाह,२५ भदौ । समाज सेवामा निरन्तर तत्पर तथा सक्रिय रहने सर्लाहीको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले एक विपन्न विरामीलाई आर्थिक सहयोग गर्नुभएको छ ।

ईश्वरपुर नगरपालिका वडा नं. ५ निवासी साने दमाई आफ्नै घरमा दुर्घटनामा परि दाहिने खुट्टा कम्मर भन्दा मुनिको भाग नचल्ने भएपछि शल्यक्रिया गर्न खर्च जुटाउन समस्या परेको थियो । नगर प्रमुख आचार्यलाई जानकारी हुन साथ महोत्तरीको बर्दिवासमा रहेको जनसेवा हस्पिटलमा पुगी उपचार खर्चमा आर्थिक सहयोग गर्नुभएको छ ।

। नगर प्रमुख आचार्य वर्दिवास स्थित जनसेवा हस्पिटलमा आफै पुगि बिरामिको स्वास्थ्य स्थितिको बारेमा बुझेर आफनो व्यक्तिगत रकम रु २ लाख ५० हजार सहयोग गर्नुभएको हो । नगर प्रमुखको यो सहयोगले दमाई परिवार हर्षित भएको छ । अहिले दमाइको खुट्टामा स्टिल राखेर सल्यक्रिया भइ बिरामी केही पाईला हिड्न सक्ने हुनुभएको विरामी दमाइको छोराले बताएको छ । एउटा गरिव असहायलाई पुनर्जीवन दिनु भएको नगर प्रमुखलाई बिरामीको आफन्तले आशीर्वाद सहित धन्यवाद समेत दिनुभएको छ ।

विरामी दमाईको केही दिन बयलबासमा रहेको स्थानीय अस्पतालमा उपचार गराई अवस्थामा सुधार नभएपछि दमाईको छोरा चेत बहादुर दमाईले आफ्नो बुवालाई लिएर बर्दिवास जनसेवा हस्पिटलमा उपचार गराउन पुगेका थिए । दमाईलाई अस्पताल लादाँ पनि घर परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको हुँदा बिरामिको अप्रेसन गर्न नसकिएको भनी नगर प्रमुख आचार्यलाई दमाईका छोराले खबर गरेका थिए नगर प्रमुखको यो कार्य देखेर ईश्वरपुरको स्थानियहरु अहिले समाजिक संजाल मार्फत नगर प्रमुखको चौतर्फी प्रशंसा तथा धन्यवादको समेत ओइरो लागेको छ ।

नगर प्रमुख आचार्य जनप्रतिनिधि हुनु भन्दा पनि कोरोना पिडित, अस्पताल, गरिब, असाहय तथा विपन्न नागरिकहरुलाई विभिन्न किसिमको सहयोग गरेको थियो र हाल नगर प्रमुख भइसक्दा पनि समाजिक कार्यलाईलाई निरन्तरता दिनुभएको ईश्वरपुरका स्थानिय नाथुराम चौधरीले बताउनुभयो । आचार्य जस्तो मनकारी व्यक्ति आफुहरुले नगर प्रमुख पाउँदा एकदमै खुसि लागेको स्थानिय चौधरीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.