१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
चन्द्रनगरमा कच्ची घर ढल्दा गुरुदयाल परिवारको विचल्ली – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

चन्द्रनगरमा कच्ची घर ढल्दा गुरुदयाल परिवारको विचल्ली

सर्लाही, २५ भदौ । सर्लाहीको चन्द्रनगरमा अचानक घर ढल्दा एक लाखभन्दा बढीको धनमालमा क्षति भएको छ ।
शुक्रबार विहान अन्दाजी ११÷१२ बजेको समयमा गाउँपालिकाको वडा नम्बर २ स्थित पर्ति बजारमा रहेको स्थानीय गुरुदयाल सिंहको घर अचानक भत्किएको हो । केही दिन यतादेखि पानी परिरहेको र घर वरपर जमेको पानीको उचित निकास नभएको कारण घर ढलेको स्थानीयले बताएका छन् । अहिले गुरुदयाल परिवारको घर नहुदा स परिवार विचल्लीमा परेको छ।

स्थानीयका अनुसार शुक्रबार विहान घरका सबै सदस्यहरु घरमै थिए । खाना खाई सकेर आ–आफ्नो काममा जान लागेका थिए । उनीहरु घरबाट निस्केको केही क्षणमै घर ढल्यो ।

अचानक घर ढल्दा मानवीय र पशु चौपायामा कुनै क्षति नभएपनि घरमा रहेको धन्नपात, लत्ताकपडा, भाडावर्तन समेत गरी एकलाख बढी मुल्यको क्षति भएको पीडित गुरुदयाल सिंहले बताउनुभयो ।

प्रत्यक्षदर्शी एवम् वडा नम्बर. २ का स्थानीय समाजसेवी उमेश कुमार साहले पानीको उचित निकास नभएका कारण माटो गलेर गुरुदयालको घर भत्किएको बताउनुभयो ।
घर ढलेपछि गुरुदयाल सिंह परिवारको विचल्ली भएको समाजसेवी साहले बताउनुभयो । उहाँका अनुसार अहिले उनीहरु छिमेकीको शरणमा बसिरहेका छन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.